'ब्रिलियन्ट' विद्या

काठमाडाैं | मंसिर ८, २०७९

'ब्रिलियन्ट' विद्या

पोखरा:  गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको अन्तिम मतपरिणाम देशका विभिन्न स्थानमा धामाधम घोषणा भइरहेको छ । यसैबीच कास्कीको क्षेत्र नम्बर १ (ख) र ३ (क) को मतगणना जारी छ । यद्यपी क्षेत्र नम्बर २ को र १(क) तथा ३(ख) को सार्वजनिक भइसकेको छ । 

 

कास्की २ (क) मा सोही नेकपा एमालेका भीमबहादुर कार्की र २ (ख) मा नेपाली कांग्रेसका विन्दु थापा दोस्रो पटक निर्वाचित भएका छन् भने प्रतिनिधि सभा तर्फ कास्की २ बाट नेकपा एमालेकी विद्या भट्टराई यसपटक पनि निर्वाचित भएकी छिन् ।

 

स्वर्गीय रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा राजनीतिमा कमब्याक गरेकी भट्टराई दोस्रो पटक चुनावी मैदानमा उभिएकै कारण यस क्षेत्र विशेष चाँसोको क्षेत्र बनेको थियो ।

 

उनले निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका  माधव प्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गर्दै पतिको विरासतलाई मात्रै जोगाइनन् आफ्नै इतिहास् कोर्न सफल रहिन् ।  विद्याले दोस्रोपटक जीत हाँसिल गर्नु उनका स्वर्गीय पति मात्रै कारण होइन ।

 

उनको योग्यता, लोकप्रियता, क्षमता, इमान्दारिता, व्यवहारिक घोषणापत्र र गत कार्यकालको कार्यसम्पादन हो ।  भट्टराईले उपनिर्वाचानबाट आफूलाई जनप्रतिनिधिका रुपमा स्थापित गराई पुनः दोस्रो पटक चुनाव जित्नुले साँच्चिकै जनताको मन रिझाउन अब्बल रहेको पुष्टि गर्छ  । 

 

यस पटकको चुनावमा पाँच दलीय गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवाराई पराजित गर्दै दोस्रो पटक सांसद बन्ने उनको लक्ष्य पुरा भएको छ । अब जनतमाझ व्यक्त गरेका प्रतिवद्धतालाई उनले पूर्ण रुपमा कार्यान्वयन गर्नैपर्ने देखिन्छ । अन्यथा उनको सांसदमा ह्याट्रिक हान्ने रहर तुहिन सक्छ ।  त्यसैले उनले काममार्फत जनतालाई फकाउन सक्नैपर्छ ।

 

विद्याको कमब्याक

 

उदीयमान महिला नेतृको रुपमा देखिएकी भट्टराई विद्यार्थीकालदेखि नै वाम राजनीतिमा सक्रिय थिइन् ।  उनी पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सम्हालेकी थिइन् । शालिन व्यवहार, मेहनती स्वभाव, अध्ययनमा रुचि, नरम बोली, अति मिलनसार र कसैसँग पनि वैरभाव नगर्ने चरित्रले विद्यार्थी कालमा सबैमाझ वाहवाही थिइन् ।

 

यतिमात्र नभएर त्यहीसमयदेखि उनको भाषणकला पनि उत्तिकै राम्रो थियो । यही स्वभाव र क्षमताकै कारण नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय नेतृत्व पङ्तिमा पुग्न सफल भइन् । 

 

सोही समयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उनको भूमिका बद्लियो । त्यही समयको अन्तरालमा अर्का बहुचर्चित नेता स्वर्गीय रवीन्द्र अधिकारीसँग उनको दाम्पत्य जीवन गाँसियो ।

 

विवाह पश्चात् उनले सफल गृहिणीको रुपमा र वैचारिक परामर्शसहित रवीन्द्रको पूर्णकालीन राजनीतिलाई सघाइन् ।  र सोही समयमै त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गरि रत्नराज्य क्याम्पसमा शिक्षाको ज्याति फैलाइन् । 

 

अध्ययन, अध्यापन र अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउँदै जादाँ समय र परिस्थितिले बाटो फेर्याे र भूमिका बद्लियो र राजनीतिमा फेरि कमब्याक भइन् । त्यसपछि उनका स्वर्गीय पति रवीन्द्रको राजनीतिक उत्तराधिकार उनीमाथि सर्यो । नेकपा एमालेले रवीन्द्रको अप्रत्यासित र असामयिक निधनले सिर्जना गरेको रिक्तताकाबीचमा उनलाई उपनिर्वाचनमा उतार्ने निर्णय गर्याे ।

 

त्यसपछि शोकलाई शक्तिमा बदलेर २०७६ सालमा उनी कास्की २ बाट उपनिर्वाचन जितेर पहिलो पटक संसदमा प्रवेश गरिन् । उनले स्वर्गीय रवीन्द्रको विरासत मात्र जोगाइनन् आफ्नो बौद्धिक र रचनात्मक क्षमता प्रदर्शन गर्दै अहिलेको निर्वाचनमा विजयी हुदैछुट्टै छबी बनाएकी छिन् ।

 

निर्वाचित भएपछि भट्टराईले दोस्रो पटक मतदाताले दिएको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्ने बताइन् । उनले घोषणा पत्रमा उल्लेख गरेका जनमुखी कार्यक्रमलाई कार्यान्वयन गर्ने बताइन् । उनले संसदमा आवजविहिनको आवाजलाई बलियो रुपमा प्रस्तुत गर्ने, युवा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने जनएकी छिन् ।
  
 

कास्की:   पोखरा महानगरपालिका –२६ स्थित सामुदायिक विद्यालयको  जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।    कास्कीको (साबिक कन्धनीडाँडा गाविस &ndas...

थप पढ्नुहोस्

पर्साः   वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् ।   वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका स...

थप पढ्नुहोस्

दाङः   बङ्गलाचुली गाउँपालिका –४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ ।   हरेक वर्ष आम्दानी बढेपछि चैते धा...

थप पढ्नुहोस्