पहिले एमाले र अहिले जनताले स्वीकारेः गणेशमान
कास्की | मंसिर ७, २०७९
प्रदेशसभा निर्वाचनतर्फ कास्की ३ को (१) बाट निर्वाचित भएपछि नेकपा एमालेका विजयी उम्मेदवार गणेशमान गुरुङले सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् ।
विजय भएपछि आयोजित ¥यालीपूर्व सुनगाभा न्यूजसँग कुरा गर्दै गुरुङले पहिले नेकपा एमालेले स्वीकारेको र निर्वाचनमा जनताले त्यसलाई अनुमोदन गरेको बताए ।
जनता समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका गुरुङले पार्टीले आफुप्रति विश्वास गरेको र त्यसलाई जीतमा बदलेको उल्लेख गरे । ‘पहिले एमालेले विश्वास गरेर टिकट दियो, अहिले जनताले विश्वास गरे’ उनले भने, ‘यो जीत केवल गणेशमान र एमालेकोमात्र हैन यस क्षेत्रमा रहनुभएका सबैको हो ।’
कुराकानीकाक्रममा गुरुङ्ले यस क्षेत्रको समृद्धि र सम्वद्र्धनमा कटिबद्ध भएर लाग्ने प्रण गरेको बताउँदै भोट दिने जनतालाई पछुतो हुन नदिने धारणा राखे ।
गुरुङ्ले नेकपा माओवादी केन्द्रबाट गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डरीलाई पराजित गरेका हुन् । गुरुङले १४ हजार ४७३ मतकासाथ विजयी हुँदा भण्डारीले ९ हजार ६६२ मत प्राप्त गरेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

