धनुषाको तीन क्षेत्रमा एमालेको अग्रता

धनुषा | मंसिर ६, २०७९

धनुषाको तीन क्षेत्रमा एमालेको अग्रता

जनकपुरधामः  धनुषाको चार क्षेत्रमध्ये तीन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अग्रता लिइरहेका छन् । धनुषाको निर्वाचन क्षेत्र न. १ बाहेक तीनवटा क्षेत्रमा एमालेका उम्मेदवारहरु अग्रता लिइरहेका छन् ।


धनुषा क्षेत्र नं. २ मा एमाले उम्मेदवार उमाशंकर अरगरिया ४८०२ मतसहित अग्रस्थानमा छन् । उनलाई कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले पछ्याइरहेका छन् ।


रामकृष्ण्ले ३७९० मत ल्याएर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा जसपाका उम्मेदवार आनन्द यादव २९६४ मत पाएका छन् भने चौथोमा एकीकृत समाजवादीका रामचन्द्र झा २१३९ मत पाएका हुन् ।


धनुषा क्षेत्र नं. ३ मा एमाले नेतृ जुलीकुमारी महतोले ६२४३ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठबन्धन लोसपाका उम्मेदवार अनिलकुमार झाले ४४३३ मतसहित पछ्याइरहेका छन् । तेस्रोमा जनमत पार्टीका उम्मेदवार शम्भु साहले १८४१ मत पाएका छन् ।


धनुषा क्षेत्र नं. ४ मा एमाले नेता रघुवीर महासेठ ४७६ मतसहित पहिलो स्थानमा छन् । उनलाई सत्ता गठबन्धन कांग्रेसका उम्मेदवार महेन्द्र यादवले ३९४ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतो ६१ मत पाएका छन् ।


धनुषा १ मा भने विपक्षी गठबन्धन जसपाका उम्मेदवार दीपक कार्की २३७६ मतसहित अग्र स्थानमा छन् । कार्कीलाई सत्ता गठबन्धन माओवादी केन्द्रका उम्मेदवार मातृकाप्रसाद यादव १७०५ सहित दोस्रो स्थानमा छन् भने तेस्रोमा राप्रपाका उम्मेदवार मनोज मल्ल २०४५ मत ल्याएका छन् ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्