पर्सा २ मा नेपाली कांग्रेसका पटेल निर्वाचित
पर्सा | मंसिर ६, २०७९
वीरगञ्ज: पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ ।
पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए ।
पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् ।
०७४ सालमा पनि यो क्षेत्रबाट नेपाली कांग्रेसले नै जितेको थियो । कांग्रेसका राजेश्वरप्रसादले १० हजार २५९ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन संघीय समाजवादीबाट उठेका उनै राम नरेश यादव १० हजार ७९ मत ल्याएर पराजित भएका थिए ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

