स्याङजा १ मा मतगणना शुरु
स्याङ्जा | मंसिर ५, २०७९
स्याङ्जा: दुई निर्वाचन क्षेत्र रहेको स्याङजाको क्षेत्र नं १ मा मतगणना शुरु भएको छ । दिउँसो सवा १ बजेदेखि मतगणना शुरु गर्ने सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्णय गरे पनि तयारी नपुग्दा ढिलाइ भएको हो ।
मतगणना प्रत्यक्ष र समानुपातिक दुबै एकै पटक शुरु गरिएको छ । यहाँ त्रिभुवन आदर्श माबि केन्द्रबाट मतगणना गरिएको हो । यस केन्द्रमा संघको मत गणनासँगै प्रदेश (क) को मतगणना हुने मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले बताउनुभयो ।
यहाँ क्षेत्र नं १ मा ७१ हजार २७३ मत खस्दा प्रदेश (क) मा ३३ हजार १९८ र (ख) मा ३८ हजार ७५ मत खसेको छ । यस्तै, क्षेत्र नं २ मा भने मतगणना कतिबेला शुरु हुने अनिश्चित बनेको छ ।
गठबन्धनले चार बुथ कब्जा गरेको भन्दै एमालेले पुनः मतगणना हुनुपर्ने दाबी गरेसँगै मतगणना अनिश्चित बनेको हो । क्षेत्र नं २ मा ६९ हजार ९२८ मत खस्दा (क) मा ३१ हजार २८६ र (ख) ३८ हजवार ६४२ मत खसेको छ ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

