गुल्मीमा स्थगित मतदान भोलि हुने
गुल्मी | मंसिर ५, २०७९
तम्घास: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मीमा स्थगित भएको मतदान केन्द्रमा मङ्गलवार पुनः मतदान हुने भएको छ ।
जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडा नम्बर– २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मङ्सिर ६ गते मङ्गलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो ।
आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको ५५ वटा मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । मतदान केन्द्रमा रहेका एक हजार ३६९ जना मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए ।
यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिनुभयो ।
यस्तै आइतबार गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमतिपश्चात् मतदान पुनः सुचारु गरिएको थियो ।
जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो । जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा ६ जना निर्वाचित जनप्रतिनिधिका लागि ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...
पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ । लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

