स्थलगत रिपोर्टिङः निर्वाचनमा अपांगमैत्री मतदान केन्द्रको अभाव देखियो

पाेखरा | मंसिर ४, २०७९

स्थलगत रिपोर्टिङः निर्वाचनमा अपांगमैत्री मतदान केन्द्रको अभाव देखियो

पोखराः   आम निर्वाचनको स्थलगत रिपोर्टिङकाक्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा अपाङ्गमैत्री मतदान केन्द्रको अभाव देखियो । निर्वाचन आयोग, स्थानीय प्रशासन र अधिकारकर्मीले यतारित ध्यान नदिँदा अपाङ्गता भएका मतदातालाई मतदान गर्न असहज भएको पाइएको छ । 


पोखरा महानगरपालिका १७ पार्दी मावि मतदान केन्द्र अपाङ्गता मैत्री मतदान केन्द्र नभएको इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले बताए ।


‘प्रदेशको राजधानी र पोखरा जस्तो ठाउँमा अपाङ्तामैत्री मतदान केन्द्र नभएको लाजमर्दो हो’, उनले भने ‘दिनभर गण्डकी प्रदेशको विभिन्न जिल्लामा पुग्यौं तर अन्य जिल्लाको तलुनामा पोखराको पार्दी मतदान केन्द्र अपाङ्गता मैत्री पाएनौं ।’ 

                                                                                           पार्दी मावि मतदान केन्द्र (क) 
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा विभिन्न जिल्लामा पुगेका इन्सेक गण्डकी संयोजक खकुरेलले पार्दी मतदान केन्द्र (क) र (ख) बुथ सुरक्षाको हिसाबले संवेदनशील र अपाङ्तामैत्री नभएकाले अबको निर्वाचनमा यसलाई सुधार गर्न सुझाव पेश गर्ने बताए । 

 

                                                                                 पार्दी मावि मतदान केन्द्र (ख) 
पार्दी मतदान केन्द्रमा मतदान गर्न आएका ८६ वर्षीय इन्द्रकली कुवरलाई अपाङ्गतामैत्री मतदान केन्द्र नहुँदा मतदान केन्द्रसम्म पुग्न असहज भएको प्रत्यक्षदर्शी सविन रेग्मीले बताए । 


इन्सेक गण्डकीका संयोजक खकुरेलले मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदातामा अन्यौलताको वातावरण सिर्जना भएको जानकारी दिए । 


‘मतदाता शिक्षा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पनि पाएनौं’, उनले भने, मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्यक्ष र समानुपातिकको बाकसमा राख्नुपर्ने मत फरकफरक बाकसमा राखे जसका कारण केही समय मतदान नै स्थगित भयो ।’


उनले पार्दी मतदान केन्द्र ( क र ख ) बुथ खुल्ला ठाउँमा टेन्ट र पाल टाँगेर मतदान गरिएकाले मतदाताको धेरै भएकाले अन्य स्थानमा मतदान केन्द्र स्थापना गर्न सुझाव दिए । 


स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा युवाहरुको कम सहभागिता रहेको छ । 


युवाहरु रोजगारीका लागि विदेशीयका र अध्ययनको शिललिलामा विभिन्न शहरहरुमा रहेकाले उनीको सहभागिता कम भएको इन्सेक संयोजक खकुरेलको भनाई छ । 

दाङ:     सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विक...

थप पढ्नुहोस्

गोरखा:    गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिकाभित्...

थप पढ्नुहोस्

मकवानपुर:   मनहरी गाउँपालिका–४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १ सय ५० किलोसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा राक्सिराङ गाउँ...

थप पढ्नुहोस्