देशभर ४६ प्रतिशत मतदान सम्पन्न–गृहसचिव

काठमाडाैं | मंसिर ४, २०७९

देशभर ४६ प्रतिशत मतदान सम्पन्न–गृहसचिव

काठमाडौं:   गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उहाँले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताउनुभएको हो ।


उहाँले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको पाएको बताउनुभयो । गृहसचिवले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसकेको जानकारी दिनुभयो ।


गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताउनुभयो । उहाँले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, ‘‘शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको हामीले पाइरहेका छौँ । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरु गराउन हामीले व्यवस्था गरिरहेका छौँ । निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाताहरु र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक हानि पुगेको छैन । हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ । ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ ।’’


सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरुको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरुको स्थलगत अवलोकन गर्नुभएको छ । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरुले उत्साहित तवरबाट मतदान गरिरहेको पाएको बताउनुभयो ।

पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।      समाजको उपाध्यक्षमा महेशराज ढकाल,...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।   महासंघ प्रेस तथा अभिव्यक्ति स्...

थप पढ्नुहोस्