तनहुँमा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण

तनहुँ | मंसिर ३, २०७९

तनहुँमा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण सांकेतिक तस्बिर

तनहुँ:   तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको छ । 


डेङ्गु सङ्क्रमण बढेसँगै निको हुनेको सङ्ख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । धेरैजसो डेङ्गु पोजेटिभका बिरामीे आफ्नै घरमा बसेर आराम गरिरहेकाले पनि अस्पतालमा हुने भीडमा कमी आएको उहाँले बताउनुभयो । 


जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरुमा पनि डेङ्गु सङ्क्रमण भएको छ । कार्यालयमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकसम्मका व्यक्तिलाई डेङ्गु सङ्क्रमण भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी  दिनुभयो । 


“मलाई पनि डेङ्गु सङ्क्रमण भयो, शरीर निकै दुख्ने रहेछ, सङ्क्रमण भएप्छि १० दिन सुत्नुप¥यो तर अहिले निको भएको छ”, उहाँले भन्नुभयो । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि मानिस आउने गरेको दमौली अस्पतालले जनाएको छ । 


डेङ्गुका बिरामीलाई प्रशस्त मात्रमा पानी पिउने र आराम गर्नसुझाव सल्लाह दिइएको अस्पतालका निमित्त प्रमुख डा दिवस ढकालले बताउनुभयो । अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक आठ/दश जनामा डेङ्गु पोजेटिभ देखिने गरेको डा ढकालले जानकारी  दिनुभयो ।

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्