गठबन्धनको प्रतिवद्धता: काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

पाेखरा | मंसिर १, २०७९

गठबन्धनको प्रतिवद्धता:  काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

 

पोखरा:  कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 


उनीहरुले पोखरा बाट छुट्ने मुख्य बाटो पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गतको खण्ड फराकिलो बनाउँदै फास्ट ट्रयाक बनाउन पहल गर्ने बताएका हुन् । यस्तै पोखरा क्षेत्रमा चक्रपथ निर्माण एंव बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । 


यस्तै उक्त रागमार्गका छेउछाउका प्रभावितलाई उचित मुआब्जा दिलाउन पहल गर्नुका साथै पुष्पलाल मध्येपहाडी लोकमार्ग एंव कोरोला जोमसोम देखी त्रिवेणी भैसालोटन सम्मको निर्माणाधिन लोकमार्गलाई छिटो सम्पन्न गर्न पहल गर्ने बताएका छन् । केरुङ पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर बनाई निर्माण कार्य गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने उनीहरुले बताएका छन् । पोखरा क्षेत्रमा चक्रपथ निर्माण एंव बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने उल्लेख छ । 


उनीहरुले घोषणा पत्रमा पृथ्वीचोकमा रहेको बसपार्कलाई सिटी बसपार्कको रुपमा व्यवस्थित गरी लामेआहालमा विशेष सुविधासम्पन्न आधुनिक बसपार्क र छोरेपाटन क्षेत्र एंव हेमजा क्षेत्रमा सुविधा सम्पन्न इन्ट्रान्स बसपार्कहरु निर्माण गर्न विशेष गर्ने बताएका छन् ।  


भरतपोखरी, निर्मलपोखरी, कृस्ती हुदैँ कुभिन्डेसम्मको वैकल्पिक राजमार्ग सक्न पहल गर्ने र ट्राफिक व्यवस्थापनको लागि बहुआयामिक सुविधासम्पन्न पार्किङ स्थल निर्माण, निजी साझेदारीमा बेसमेन्ट पार्किङ संचलन गर्ने महानगरिय योजनालाई सहयोग गर्ने घोषणा पत्रमा उल्लेख छ । 
 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्