निर्वाचनपछि पनि सरकारको नेतृत्व कांग्रेसले गर्छ: उम्मेदवार सिंह
काठमाडाैं | मंसिर १, २०७९

काठमाडौँ: क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको बताउनुभएको छ ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा कुरा गर्दै उहाँले तीन तहका सरकारले आफ्नो हिसाबले जनतामा सेवा प्रवाह गर्न नसकेका कारण सङ्घीयता लागू भए पनि केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयताबीचको भिन्नताबारे मतदाताले प्रश्न गरिरहेको उल्लेख गर्नुभयो ।
पूर्वउपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सङ्घीयतामा तीन तहको सरकार सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यो भएको छैन । त्यो नभएकै कारण मात्र एकात्मक व्यवस्था र सङ्घीयताको फरक के हो भन्नबारे सर्वसाधारणबाट प्रश्न भएको छ, त्यसलाई अधिकारका साथ काम गरेर देखाउन चाहन्छौँ ।”
उहाँले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व गर्यो अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पनता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने दृढता व्यक्त गर्नुभयो ।
मुलुकका सबै तह र तप्कालाई मिलाएर लग्ने खालको आर्थिक एजेण्डाको नेतृत्व गर्न कांग्रेस अगाडि बढेको बताउँदै पार्टीका पूर्वमहामन्त्री सिंहले ‘केन्द्रमा प्रभाव क्षेत्रमा विकास’ भनेर आफ्नो चुनावी प्रतिबद्धतापत्रमै स्पष्ट भनेको बताउनुभयोे ।
निर्वाचनपछि नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुने दाबी गर्दै उहाँले सामान्यतया ठूलो पार्टी जो छ त्यसले नै नेतृत्व गर्छ भन्नुभयो । जनता र राष्ट्रहितलाई ध्यान दिँदै अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध राम्रो बनाएर सबै मित्रराष्ट्रको सहयोग र समर्थन प्राप्त गरेर जनतालाई आवश्यकतानुसारको सेवा र सुविधासहित देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन पार्टी दृढ रहेको उम्मेदवार सिंहले बताउनुभयो ।
निर्वाचन घरदैलोका क्रममा मतदाताले खानेपानी र राजनीतिक स्थिरताका बारेमा जिज्ञासा राखेको बताउँदै पूर्वउपप्रधानमन्त्री सिंहले परियोजना पुनःस्थापित गर्ने काम भइराखेकाले अब छिट्टै नै पानी निरन्तररूपमा आउने विश्वास दिलाउनुभयो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...