पर्यटनमा चार ‘क’ र प्रदेशमा सबलीकरण मेरो प्राथमिकता: उम्मेदवार दीपक (अन्तरवार्ता)

पाेखरा | मंसिर १, २०७९

पर्यटनमा चार ‘क’ र प्रदेशमा सबलीकरण मेरो प्राथमिकता: उम्मेदवार दीपक (अन्तरवार्ता)

पोखरा:    मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारप्रसारसँगै घरदैलो र चुनावी सभामा व्यस्त छन् । 

 

कास्कीमा ३ वटा प्रतिनिधि तथा ६ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । सो अन्तरगत कास्की क्षेत्र नम्बर १ (ख) मा मादी गाउँपालिका र पोखरा महानगरपालिकाको १०, १२, १३, १४ र २८ वडा पर्छ ।

 

यस क्षेत्रमा अघिल्लो निर्वाचनमा बामगठबन्धनका उम्मेदवार मनबहादुर गुरुङले नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर केशीलाई पराजित गरेका थिए । तर अहिले भने एमालेको तर्फबाट वेद बहादुर गुरुङ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट दीपक गुरुङ (माइला) चुनावी मैदानमा छन् । 

 

यसै क्रममा हामीले कास्कीको क्षेत्र नम्बर १ (ख) का कांग्रेस उम्मेदवार दीपक गुरुङ (माईला) सँग उम्मेदवारी दर्तापछि चुनावी एजेण्डा र योजनाका बारेमा सुनगाभा न्यूजले संक्षिप्त कुराकारी गरेका छौं:

 

-कास्की क्षेत्र नम्बर १ (ख) मा तपाईको उम्मेदवारीपछि तयारी कस्तो हुदैछ ?

 

उम्मेदवारीपछि मेरो चुनावी प्रचारप्रसार अन्र्तगत यस क्षेत्रमा पर्ने सबै मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छु । कोणसभा कम गरेकाले दैनिक घरदैलो कार्यक्रममा नै व्यस्त छु । तयारी तिब्र नै छ ।

 

-पछिल्लो समय दलका उम्मेदवारप्रति मतदाताको वितृष्णा जागेको देखिएको छ, यसलाई कसरी चिर्नुहुन्छ ?
 

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर १ (ख) मा उम्मेदवारी दर्तापछि यस क्षेत्रमा पर्ने मतदाताहरुको घरदैलोमा पुग्दै गर्दा केही वृद्धवृद्धा मतदाताहरुमा निर्वाचनमा केही वितृष्णा रहेको पाए ।

जति चुनाव आएपनि जितेर गएर केही गरेन खै मतदान गर्ने कि नगर्ने उहाँहरु दोधारमा रहेको पाए । यो पटकको निर्वाचनमा मैले चुनाव जितेर गएपनि उहाँको वितृष्णालाई फाल्ने गरि उहाँहरुकै साथमा नै रहेर काम गर्नेगरी मेरो क्षेत्रका मतदातासँग प्रतिवद्धता गरेको छुँ । 
 

-तपाइको चुनाव जित्ने आधार तथा एजेन्डाहरु केके हुन् ? 

 

चुनाव जितेर प्रदेश सभा छिरेर पहिला प्रदेशको सवलीकरण गर्न लाग्ने छु । प्रदेशका केही मन्त्रालय नामका मात्र रहे जसले गर्दा जनतामा वितृष्णा जागेको छ  । अब पनि त्यो प्रश्न तथा वितृष्णा नरहला भन्न सकिन्न त्यसैले प्रदेशको सवलीकरण पहिलो प्राथमिकता हो । 
 

गुणस्तरीय शिक्षा मेरो अर्काे प्राथमिकताको योजना र एजेन्डा हो । कास्की क्षेत्र नम्बर १ (२) मा मादी गाउँपालिका पनि पर्दछ । यहाँबाट नयाँ पदमार्ग ट्रेकिङको सम्भावना रहेको छ । यस पदमार्गको ट्रेकिङ सञ्चालन गरेर पर्यटन क्षेत्रको विकास गर्ने मेरो एजेन्डा र योजना छ । मादीमा मैले पर्यटनको लागि चुनावी घोषणापत्रमा चार ‘क’ भनेको छु । कोरी, कपुचे लेक, कर्पु र क्व्होलासोथर ।

 

जुन क्षेत्रलाई पदमार्गको रुपमा विकास गर्न सकिन्छ यसलाई मैले प्राथमिकतामा राखेको छु । यी नै मेरा जित्ने आधारहरु हुन् र यतिमात्रै होइन मैले धेरै झुटा आश्वासन बाडेको छैन । मैले यति भनेको छु तपाइहरुको मतको उच्च कदर गर्नेछु । 

 

-छिमेकी जिल्ला मनाङसँग जोडिने छोटो रुट यहाँकै क्षेत्रमा पर्छ, त्यसको लागि तपाईको योजना के छ ?

 

कास्कीको सिक्लेस हुँदै मनाङ जाने नयाँ रुट यहाँ छ । यो रुटमा पहिलो पदमार्ग विस्तार गरेर यस क्षेत्रका जनताले आर्थिक आर्जनसँगै रोजगारीको सम्भावना बढोस् भन्ने हो । यस क्षेत्रबाट मनाङ जाने रुट विस्तारसँगै यस क्षेत्रको पर्यटन विकासमा मेरो योजनामा रहेको छ । 

 

-गुरुङ जातिको उत्गमस्थलको रुपमा क्व्होलासोथरलाई मानिन्छ, यसको विकास र संरक्षणको लागि योजना छन् कि छैनन् ? 

 

मेरो चुनावी एजेन्डामा क्व्होलासोथरलाई साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा विकास गर्छु भनेको छु । यस क्षेत्रमा पुग्न कोरीको विकास गर्न आवश्यक छ । यस क्षेत्रका आउने अध्ययन अनुसन्धानमा आउने विज्ञले सडकले यस क्षेत्रमा असर पु¥याएको सुझाव दिएकाले पहिले पदमार्गलाई प्राथमिकता दिएको छु । 

 

-परिवर्तनको आभाष खोजिरहेका युवाहरुको जमात यहाँ क्षेत्रमा पनि धेरै छन् उनीहरुको लागि केही योजना बुन्नुभएको छ ?

 

हो, युवाहरु भविष्यका कर्णधार मात्रै होइनन् उनीहरु वर्तमानका साझेदार पनि हुन्  त्यसैले सीप भएकोलाई रोजगारमा जोड्ने र सीप नभएका युवाहरुलाई सीपसँग जोड्ने मेरो लक्ष्य छ । 

हजारौंको संङ्ख्यामा विदेशीने युवाहरुलाई रोक्न युवा लक्षित र रोजगारलक्षित कार्यक्रम योजनामा राखेको छु । म आफै आफ्नै क्षेत्रमा व्यवसाय गर्दै यो ठाउँमा आएको छु त्यसैले युवालाई देशमा रोजगारको ग्यारेन्टी गर्न सीपसँग रोजगार र युवासँगै सीप कार्यक्रम एजेन्डामा राखेको छु । 

 

-प्रतिपक्षका रुपमा पालिकामा टेस्टेड अनि बलिया उम्मेदवार हुनुहुन्छ उहाँलाई कसरी हेर्नुभएको छ ? 

 

उहाँले पाँच ५ वर्ष पालिका प्रमुख भएर काम गर्नुभएको छ । अहिले चुनावी घरदैलोको क्रममा मादीमा जाँदा उहाँलाई डो¥याउन हुदैन युवालाई अगाडी सार्नुपर्छ भन्ने योजना रहेको पाएको छु । त्यसैले पराजित हुने भन्दा पनि कसरी विजयी हुने भनेर घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छु । यतिमात्र नभएर मसँग विकासको योजनासँगै भिजनहरु प्रष्ट छ त्यसैले प्रतिस्पर्धालाई सहज रुपमा लिएको छ । 

 

-चुनाव जित्नुभयो भने तपाइको पहिलो काम के हुन्छ ?

 

मैले अगाडी नै भनि सके मेरो आवाज निर्वाचित भएर प्रदेशसभामा प्रवेश पाए भने पहिलो काम प्रदेशको सबलीकरणमा मेरो आवाज उठ्ने छ । प्रदेशको सबलीकरण नभएसम्म विकासले गति लिन सक्दैन । त्यसैले सबलीकरण पहिलो प्राथामिकता हो ।

 

अन्त्यमा, मतदातालाई के भन्न चाहनुहुन्छु ? 
 

मंसिर ४ गते  हुने निर्वाचनमा पाँचदलीय गठबन्धनबाट साँझा उम्मेदवार भएर तपाइहरुको घर आँगनमा आएको छु । अहिले मैले गरेको बाँचा मैले पाँचभित्र नै पुरा गर्नेछु । मैले जितिसकेपछि फेरि म तपाइहरुकै घरदैलोमा आइपुग्ने छु तपाइहरुको सुझा र गुनासो जम्मा गरेर प्रदेश सभा छिर्ने छु । र प्रदेशलाई सबलीकरण गर्दै विकासको कामलाई थाल्ने छु । त्यसैले भोट दिनुहुन हार्दिक अपिल गर्दछु ।
 

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्

पोखरा:     गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले आह्वान गरेको प्रदेश सभामा कांग्रेस संसदीय दलले बहिस्कार गर्ने भएको छ  ।   शुक्रबार बसेको संसदीय दलको बैंठकले शुक्रबार दिउँसो ३ बजे बोला...

थप पढ्नुहोस्

काठमाडौं:     एसीसी टी-२० प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ। ओमनको अल अमेरत रंगशालामा शुक्रबार पहिले ब्याटिङ गर्दै नेपालले ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो...

थप पढ्नुहोस्