ललितपुर १ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार घिमिरे अनसनमा
ललितपुर | कात्तिक २९, २०७९
ललितपुर: ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार रहेका डा. सचिन घिमिरे अनसन बसेका छन्।
उनले मंगलबारदेखि गोदावरी नगरपालिकास्थित टाखेलमा अनसन सुरू गरेका हुन्।
उनले सात बुँदे मागसहित अनसन सुरू गरेका छन्।
पहिलो बुँदामा नेकपा एमालेबाट उम्मेदवार नवराज सिलवालले यसअघिको कार्यकालमा के कति खर्च गरेको हो विवरण सार्वजनिक गर्न माग गरेका छन्।
‘निवर्तमान सासंद नवराज सिलवालले यस क्षेत्रमा कहाँ कति खर्च गरेरु त्यो सार्वजनिक हुनुपर्यो,’ उनले सेतोपाटीसँग भने, ‘हामीले केही थाहा पाएनौं, त्यसैले सार्वजनिक गर्न माग गरेको छु।’
गाउँमा बाँदरले दुस्ख दिएको भन्दै यसको व्यवस्थापन गर्न स्थानीय सरकारसँग उनले माग पनि गरेका छन्। उनले दुई जना विद्यार्थीको पढाइको खर्च व्यहोरिदिन पनि माग गरेका छन्।
त्यस्तै गोदावरी नगरपालिकाले महिला स्वयंमसेविकामार्फत किशोरीहरूलाई खुवाइरहेको आइरन चक्कीले जनस्वास्थ्यको औचित्य प्रमाणित गर्नुपर्ने, कोन्ज्योसोम गाउँपालिकाका दलबहादुर विक लगायतको उपचार गर्नुपर्ने माग राखेका छन्।
उनले आफ्नो अनशन मौन अवधिमा पनि जारी राख्ने बताएका छन्। ‘मौन अवधिले केही गर्दैन। मौन अवधि सुरू भएपछि सत्याग्रह गर्न हुन्न भनेर कानुन पनि छैन,’ उनले भने, ‘सत्याग्रह गर्न पाउने मेरो नैसर्गिक अधिकार हो। माग पूरा नभएसम्म अनसन जारी रहन्छ।’
पोखरा: पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेल...
पोखरा: अडिटर एशोसिएसन नेपाल (अडान) कास्कीको आयोजनामा तीनदिने निरन्तर व्यावसायिक शिक्षा (सीपीई) तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएक...
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

