युवाको उत्सापूर्वक साथ पाएको छुँ: दिपक माइला

पाेखरा | कात्तिक २८, २०७९

युवाको उत्सापूर्वक साथ पाएको छुँ: दिपक माइला

पोखरा: कास्की क्षेत्र नम्बर १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले युवापुस्ताको निकै साथ पाएको बताएका छन् । उनले घरदैलो कार्यक्रममा जहाँ–जहाँ पुगेपनि युवाहरुको उल्लेख साथ पाएको बताए । 


‘आफ्नो भुगोल अन्तर्गतका ठाउँहरुमा घरदैलो कार्यक्रममा पुग्दा युवा साथीहरुको उत्साहपूर्वक सहभागीता पाएको छुँ,’ उनले भने, ‘आज सम्म कुनै पनि पाटीमा नखुलेका युवा साथी म प्रति विश्वास गरेर घरदैलो कार्यक्रममा सँगसँगै हिँड्नु भएको छ । उहाँको साथ र सर्पोटले चुनाव जितेको आभास दिलाएको छ ।’ उहाँहरुल निकै आसा र अपेक्षा आफूबाट गरेको उनले सुनाए । 


उम्मेदवार गुरुङले आफ्नो प्रतिबद्धतामा पनि युवावर्गको सीप र क्षमताको विकास गरि स्वरोजगार बन्न अभिप्रेरित गरिने भनेर उल्लेख गरेका छन् । ‘लागुऔषध दुव्र्यसनी विरुद्ध युवाहरुका लागि सचेतनामुलक अभियान सञ्चालन गरिनेछ,’ प्रतिवद्धतामा उल्लेख छ, ‘युवाहरुको लागि एक वडा एक उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।’


गुरुङले घरदैलो कार्यक्रममा गर्दै धेरै मतदातासँग मतको अपिल गरेका छन् । उनले २०४८ सालदेखि मत राख्दै आएका मतदाताहरु अहिले निरास हुँदै आएको प्रतिक्रिया पाए । ‘घरदैलोमा पुग्दा कति मतदाताले मत किन हाल्ने हो भन्ने निरासा छाएको छ,’ उनले भने, ‘केही नयाँ मतदाता पनि हुनुहुन्छ, जसले सोंचे जस्तो उम्मेदवार पाएका छौं । भोट हाल्छौं । यस्तै मिश्रित प्रतिक्रिया पाएको छु ।’ गुरुङले मतदातासँग आफूलाई नेताको रुपमा नहेरि जिम्मेवारी वहन गर्ने सेवकको रुपमा लिन आग्रह गरेका छन् । उनले जनताको सपनालाई जिम्मेवारीको रुपमा लिएर हरेक दिन, हरेक समय लागि पर्ने प्रतिवद्धता जनाएका छन् । 
 

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्

काठमाडौं:  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।    आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको...

थप पढ्नुहोस्