तीब्र विकास र समृद्धि आफ्नो एकमात्र स्वार्थ: एमाले उम्मेदवार कार्की
पाेखरा | कात्तिक २८, २०७९
पोखरा: नेकपा (एमाले)को तर्फबाट कास्की २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिमबहादुर कार्कीले तीब्र विकास र समृद्धि आफ्नो एकमात्र स्वार्थ भएको बताएका छन।
उनले देश विकास गर्ने योजना र तागत आफ्नो पार्टी सङ्ग मात्रै भएको भन्दै समृद्ध नेपाल( सुखी नेपालीको सपना साकार पार्न आफू योजना र कार्यान्वयनको उपाय सहित निर्बाचनमा सामेल भएको बताएका छ्न।
जहिले पनि एमालेले संभव सपना देख्यो । तिनीहरुको सार्थक परिणाम देखिइसकेको छ्न। अब पनि आफ्नो घोषणा पत्रमा समृद्धिको अभियान उल्लेख गरेका छौँ ।
राष्ट्रिय स्वाधीनताको रक्षा सहित उज्यालो प्रदेश र क्षेत्र निर्माण गर्दै समृद्धिका सबै पूर्बाधारहरुको उत्कृष्टतापूर्बक निर्माणमा लाग्नेछु। जनताको जगमा उभिएको पार्टी हो जनता आशा र बिश्वासलाई भरोसामा बदल्ने छु कार्कीको भनाइ थियो।
कार्कीले सो कूरा आफ्नो क्षेत्रका बासिन्दाहरू सङ्ग भेटघाट गर्दै बताएका हुन। हिजो पनि आफ्नै ठाउँमा थिए, सधै तपाईंकै घर आगनमा नियमित आउने छु ,समस्या बुझ्दै तपाहरूकै सुझाव अनुसार अघि बढ्छु, जनताका चाहाना नै आफ्नो विकासको योजना हुन,कार्कीले उल्लेख गरे।
नागरिक निरोगी भए मात्रै देश समुन्नत हुने हुँदा आफ्नो पार्टिले हाम्रो नेपाल निरोगी नेपालको अवधारणा सहित मर्यादित श्रम सुरक्षित रोजगारी ,कृषि भूमिमा पानी सिचाइमा लगानी ,स्वस्थ सुन्दर र ब्यबस्थित पालिकाको अबधारणा अघि सारेको बताए।
उनले जनताको कर जनताकै लागि विकासमा लगानी गर्दै सशक्त महिला विकसित समाज, बनाउने,विद्युत उर्जा विकासबाट समृद्धिको यात्रा तय गर्ने उल्लेख गरे।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

