लालगढ मालेपाटनमा पहारीको घरदैलो
पाेखरा | कात्तिक १८, २०७९
पोखरा । पोखरा–५ मालेपाटन लालगढका रुपमा चिनिन्छ । गत स्थानिय निर्वाचनमा यस वडामा एमालेले प्यानल नै जितेर गठबन्धनलाई निल खुवाएको थियो ।
सोही वडामा मत माग्न पुगेका नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ ख प्रदेश सभा उम्मेदवार राजिव पहारीलाई मालेपाटनवासीले फेरी पनि विजयी गराएरै छाड्ने बताएका छन् । विहीवारको घरदैलोमा उनलाई स्थानिय जेष्ठ नागरिकदेखि युवाहरुले साथ दिएका थिए ।
जेष्ठ नागरिकहरुको आर्शिवाद ग्रहण गर्दै घरदैलोमा निस्किएका पहारीले अघिल्लो पटक देखाएको क्रियाशिलतालाई मुल्याङकन गर्दै फेरी पनि विजयी गराउने मालेपाटनवासीहरुले बताए ।
मालेपाटनका जनताहरुले दिएको आर्शिवादले आफुलाई हौसला मिलेको पहारी बताउँछन । ‘यहाँका बुवाआमाको आर्शिवाद तथा युवाहरुको साथले ठूलो प्रेरणा मिलेको छ’ उम्मेदवार पहारीले भने ।
गण्डकी प्रदेशका निवर्तमान सांसद समेत रहेका पहारीले आफुले अघिल्लो कार्यकालमा विभिन्न स्थानमा थालनी गरेको कामहरु अलपत्र परेको जनाउँदै वडा ५ मा पनि थुप्रै काम बाँकी रहेको जनाए । पहारीले घरदैलोको क्रममा भने ‘केहि काम सम्पन्न भए, केहि गर्दागर्दैका बाँकी छन्, ति काम सम्पन्न गर्न पनि उम्मेदवारी दिएको हुँ’ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

