प्रश्नै-प्रश्न: के नारा र भाषणले मात्रै महिलाको सशक्तिकरण हुन्छ ?
पाेखरा | कात्तिक १६, २०७९
पार्वती पनेरु (महिला उद्यमी)
आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा आफुलाई सक्षम ठान्दै निर्वाचनमा विभिन्न राजनैतिक तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्तासँगै प्रचारप्रसारमा जुटेका छन् ।
केही राजनीतिक दलहरुले पहिले गरेका विकास कामहरुलाई मुख्य एजेन्डा बनाएर चुनावी नारा तय गरेका छन् भने केहीले विगतमा गरेका गतिविधिहरुलाई मुख्य नारा बनाएर चुनावी प्रचारप्रसारमा छन् । तर पनि महिलाहरुले आफ्नो पक्षमा के कस्ता योजना अघि सारेका छन् भन्ने विषयमा चाँसो व्यक्त गरेका छन् ।
यसैक्रममा प्रस्तुत छ, स्याङ्जा निवासी पार्वती पनेरुले उम्मेदवारहरुले घोषणापत्र सार्वजनिक गरेसँगै महिला उद्यमीहरुको पक्षमा सुनगाभा न्यूजमार्फत उममेदवारहरुलाई उठाएको प्रश्न :
–तपाइहरुले (उम्मेदवार) दाबी गरको जस्तै महिला उद्यमीहरुलाई सशक्तिकरण गर्ने तालिमको कार्ययोजना कहाँ छ र ?
–महिला उद्यमशिलताको लागि प्रदान गरिएको तालिमबाट कति महिला सक्षम भएका छन्, तपाइहरु (उम्मेदवारहरु) सँग कुनै लेखाजोखा छ ?
–उम्मेदवारहरुले कहिलेसम्म महिलाहरुलाई भोटको लागि मात्र प्रयोग गर्नुहुन्छ ? के हामी भोट बैंक हो ?
–महिला सशक्तिकरण के नारा र भाषणले मात्रै हुन्छ ?
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

