भूमिगत पार्किङ: मेयर आचार्यको प्रश्न- कति घण्टामा खाली हुन्छ? (तस्बिरहरु)
पाेखरा | कात्तिक १५, २०७९
पोखरा: पोखरा महानगरपालिकाले भदौ १३ गते एक सूचना प्रकाशित गर्दै भन्यो ‘महानगरबाट अनडरग्राउण्ड पार्किङको अनुमति लिएर बनाएका सटर तथा व्यापारीक प्रयोजनमा प्रयोग भएका छन् भने ३५ दिनभित्र खाली गर्नु ।’
सो सूचना सार्वजनिकपछि पोखरेली जनताले बालेनलाई पत्छाउँदै पोखराका मेयर धनराज आचार्य विकासको पक्षमा भन्दै गुणगान गाउनसम्म भ्याए । महानगरको सूचनाको ३५ दिने म्याद असोज १७ गते पुरा भएपछि पनि केही लछारपटार नलगाएपछि फेरि उनै मेयर आचार्यको आलोचना चोकचोकमा सुनिन थाल्यो । उनले नेपालीहरुको महान पर्वको समय भएको भन्दै मानवीयताकै कारण तिहार पर्वपश्चात कडा रुपमा उत्रने बताएका थिए ।
सोही अनुरुप आज दलबलसहित मेयर आचार्यले महानगरको अल्टिमेटम लत्याउएको भन्दै फिल्डमा उत्रिए र भूमिगत पार्किङमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरुलाई तत्काल हटाउन निर्देशन दिए ।
उनले निर्देशन मात्रै दिएनन् अटेरी गरेको सटरहरुमा डोजर नै चलाए । उनले विग बजार सेल स्टो प्रालिका सञ्चालक जनक कार्कीलाई प्रश्न गरे– ‘यो जग्गा कति घण्टामा खाली हुन्छर?’ सो प्रश्नको उत्तरमा व्यवसायी कार्कीले भने, ‘तपाइहरुको यो सकरात्मक कार्यमा हाम्रो पनि हातेमालो छ । हामीलाई केही दिन दिनुहोस्, हैन आजै सार्नपर्छ भन्नुहुन्छ भनेपनि ठिकै छ रातारात पनि काम गर्छौ ।’
विग बजार सेल स्टोरसँगै गरिमा विकास बैंक रहेको भवन, त्यसैगरि बुद्ध विशाल बजारको अन्डरग्राउण्ड पार्किङ लगायतमा मेयर आचार्य नेतृत्वको टोलीले खाली गर्न निर्देशन दिएको थियो ।
विभिन्न मलका भूमिगत पार्किङहरु खाली गर्न उर्दीगरेसँगै महेन्द्रपुलस्थित मोवाइल टावर र सीता भवनको भूमिगत पार्किङ भने केही दिनमा नै महानगरले पार्किङको लागि प्रयोग गर्ने बताइएको छ ।
तस्बिर: सुशान्त गाहा मगर/सुनगाभा न्यूज













पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...
काठमाडौं: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो । सार्वजनिक भएको...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि ...

