मतान्तर घटाउदै मञ्जुदेवी, आचार्यको अग्रता कायमै

कास्की | जेठ १, २०७९

मतान्तर घटाउदै मञ्जुदेवी, आचार्यको अग्रता कायमै


कास्की:   पोखरा महानगरपालिका पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेकी उपप्रमुख उम्मेदवार मञ्जुदेवी गुरुङले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कोपिला रानाभाटसँग मतान्तर घटाएकी छिन् ।

 

कुल ३५ सय मणगणना गर्दा गुरुङले १ हजार ४ सय ५ मत प्राप्त गरेकी हुन् । उनी रानाभाट भन्दा ४५ मतले पछि छिन् ।   सुरुवातमै अग्रता लिएकी कांग्रेसी उम्मेदवार कोपिला रानाभाटले १ हजार ४ सय ५० प्राप्त गरिन् । 

 

यसैगरी मेयर पदमा गठबन्धनका धनराज आचार्यले १ हजार ३ सय ४९ सहित अगाडि छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले १ हजार २ सय ५० मत पाएका छन् ।

 

उक्त मत परिणाम पोखरा महानगरपालिका वडा नम्बर १ को १ हजार १ सय २ को ७ सय, वडा १२ को १२ सय र २३ वडा नम्बरको ५ सय गरि कुल ३ हजार ५ सय मत गणना सकिएको हो ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका पनि १ लाख ४३ हजार २ सय २६ मत मात्र खसेको थियो ।
 

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् ।    नेपाल...

थप पढ्नुहोस्

पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।   शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो।   मृत्य...

थप पढ्नुहोस्