अब सजिलै गर्न सकिन्छ फेसबुकमा अडियो कमेन्ट

काठमाडाैं | कात्तिक १२, २०७९

अब सजिलै गर्न सकिन्छ फेसबुकमा अडियो कमेन्ट

काठमाडौं । अहिले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता कम नै होलान् । त्यही भएर पनि फेसबुकले बेलाबेलामा आफ्नो फिचर अपडेट गर्दै आएको छ । नयाँ फिचरमा अभ्यस्त हुन हामीलाई थोरै समय पनि लाग्छ । 

 

यस्तै प्रसंग छ अहिले फेसबुकको अडियो कमेन्टको जहाँ कसरी अडियो कमेन्ट गर्ने भन्ने थाहा नहुन सक्छ । फेसबुक सञ्चालक कम्पनी मेटाले गत हप्ता नै फेसबुक ग्रुपमा अडियो कमेन्ट उपलब्ध गराएको जानकारी गराए पनि प्रयोगकर्ता अभ्यस्त भएका छैनन् । त्यसो फेसबुकमा सबैलाई यो एक्सेस पनि छैन । केहीले फेसबुकमा अडियो कमेन्ट पनि गरिरहेका छन् । 


विशेषगरी पुरानो फेसबुक अकाउन्ट भएकाले यो फिचर उपयोग गर्न पाएको देखिन्छ । धेरै प्रयोगकर्तासँग यो अप्सन नहुन पनि सक्छ । यो क्रमश: अपडेट हुँदा देखिनेछ । अब फेसबुकमा टेक्स्ट र अडियो कमेन्ट राख्न सकिनेछ । यसअघि फोटो र टेक्स्ट राख्न पाइन्थ्यो । 


नेपालमा पनि केही ठाउँमा यो अप्सन खुलेको छ भने धेरैमा छैन । फेसबुकको लाइट एपमा भने यो अप्सन खुला छ । अडियो कमेन्ट गर्न तपाईँले यी उपाय अपनाउन सक्नुहुनेछ ।


- पहिले फेसबुक लाइट एप खोल्नुहोस् ।

 

- अहिले यो फिचर केही ग्रुपमामात्र भएकाले ग्रुपमा जानुहोस् ।

 

- अब कमेन्ट बक्समा जानुहोस् । त्यहाँ माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह देखिन्छ । माइक्रोफोनको आईकनमा थिच्नुहोस् र माइक्रोफोनको एक्सेस दिनुहोस् ।

 

-अब रेकर्डको अप्सनमा थिचेर आफूले कमेन्ट गर्न चाहेको कुरा भन्नुहोस । त्यसपछि स्टप अप्सनमा थिच्नुहोस् । 

 

- तपाईँले अडियोसँगै टेक्स्ट कमेन्ट गर्न पाउनुहुनेछ । इच्छा लागेको टेक्स्ट टाइप गरेर पोस्ट गर्नुहोस् ।

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्