भीमकाली साँझबाट ६ लाख संकलन
पाेखरा | कात्तिक १२, २०७९
पोखरा: पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको भीमकाली साँझबाट ६ लाख संकलन भएको छ ।
नेपालीहरुको चाड तिहारको अवसरमा आयोजित दोस्रो भीमकाली साँझ देउसी भैलो तथा साँस्कृतिक कार्यक्रमबाट ६ लाख बढी संकलन भएको क्लबका सदस्य अनिश गुरुङले जानकारी दिए ।
उनका अनुसार सो रकम सामाजिक क्रियाकलापमा खर्च गरिनेछ । ‘हामीले भीमकाली साँझबाट उठेको रमक अनावश्यक रुपमा खर्च गर्दैनौ, उनले भने, ‘विगतमा पनि विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुदैं आएका छौं । यसपटक उठेको रकम कोष र केही सामाजिक काममै खर्च गर्नेछौं ।’
उनले तिहारको अवसरमा पोखरा १ बगरस्थित भीमकालीपाटन लगायतका टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको स्मरण गरे । ‘हामीले तिहारको अवसरमा सरसफाई कार्यक्रम, कोरोना भाइरसको महामारीको समयमा विपन्न परिवारलाई राहात, रक्तदान तथा सचेतनामुलक कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं, गुरुङले भने, ‘आगामी दिनमापनि हामीले युवाहरुलाई लक्षित गरेर यस्तै सकरात्मक र रचनात्मक कार्यक्रमलाई अघि सार्नेछौं ।’

यसअघि उक्त भीमकाली साँझको उद्घाटन पोखरा महानरपालिका १ का वडाध्यक्ष शाहरा प्रधानले गरेका थिए । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले भीमकाली क्लबले सन्देशमुलक कार्य गर्दै आएको बताउदै अन्य संघ संस्थाहरुलेसमेत अनुशरण गर्नुेपर्ने बताए ।
उनले क्लबको चौतर्फी विकासको लागि वडा कार्यलयको तर्फबाट सधै सहयोग गर्न तयार रहेको बताउदै भने, ‘तपाइहरुले गरेको सकरात्मक कार्यको लागि हामी सदैब साथ दिन तयार छौं । ’

उनले १ नम्बर वडालाई नमुना वडा बनाउनका लागि स्थानीय क्लब तथा टोल विकास संस्थाहरुको आवश्यकता रहने धारणा राखे । ‘हाम्रो वडालाई नमुना वडा बनाउनका लागि यहाँहरु जस्तै विभिन्न क्लब तथा टोलविकास संस्थाको आवश्यकता रहन्छ । त्यसको लागि सबै हातेमालो गर्न आवश्यक हुन्छ, उनले भने, ‘त्यसैले यहाँहरुको रचनात्मक र सकरात्मक कार्यक्रमको हामी सधै उच्च कदर गर्नेछौं ।’
सोही कार्यक्रमको अवसरमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत फुटबलमा कास्य पदक प्राप्त गरेका गण्डकी प्रदेशका सुमित श्रेष्ठ र स्क्वासमा लुम्बिनी प्रदेशबाट कास्य पदक जितेका क्लबका सदस्य अर्जुन गाहा (सुशान्त) मगरलाई सम्मानसमेत गरिएको थियो ।


काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...
काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...
पोखरा: मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराक...

