भीमकाली साँझबाट ६ लाख संकलन

पाेखरा | कात्तिक १२, २०७९

भीमकाली साँझबाट ६ लाख संकलन

पोखरा:  पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको भीमकाली साँझबाट ६ लाख संकलन भएको छ ।

 

नेपालीहरुको चाड तिहारको अवसरमा आयोजित दोस्रो भीमकाली साँझ देउसी भैलो तथा साँस्कृतिक कार्यक्रमबाट ६ लाख बढी संकलन भएको क्लबका सदस्य अनिश गुरुङले जानकारी दिए ।

 

उनका अनुसार सो रकम सामाजिक क्रियाकलापमा खर्च गरिनेछ । ‘हामीले भीमकाली साँझबाट उठेको रमक अनावश्यक रुपमा खर्च गर्दैनौ, उनले भने, ‘विगतमा पनि विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुदैं आएका छौं । यसपटक उठेको रकम कोष र केही सामाजिक काममै खर्च गर्नेछौं ।’

 

उनले तिहारको अवसरमा पोखरा १ बगरस्थित भीमकालीपाटन लगायतका टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको स्मरण गरे । ‘हामीले तिहारको अवसरमा सरसफाई कार्यक्रम, कोरोना भाइरसको महामारीको समयमा विपन्न परिवारलाई राहात, रक्तदान तथा सचेतनामुलक कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं, गुरुङले भने, ‘आगामी दिनमापनि हामीले युवाहरुलाई लक्षित गरेर यस्तै सकरात्मक र रचनात्मक कार्यक्रमलाई अघि सार्नेछौं ।’

 

यसअघि उक्त भीमकाली साँझको उद्घाटन पोखरा महानरपालिका १ का वडाध्यक्ष शाहरा प्रधानले गरेका थिए । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले भीमकाली क्लबले सन्देशमुलक कार्य गर्दै आएको बताउदै अन्य संघ संस्थाहरुलेसमेत अनुशरण गर्नुेपर्ने बताए ।

 

उनले क्लबको चौतर्फी विकासको लागि वडा कार्यलयको तर्फबाट सधै सहयोग गर्न तयार रहेको बताउदै भने, ‘तपाइहरुले गरेको सकरात्मक कार्यको लागि हामी सदैब साथ दिन तयार छौं । ’

 

 

उनले १ नम्बर वडालाई नमुना वडा बनाउनका लागि स्थानीय क्लब तथा टोल विकास संस्थाहरुको आवश्यकता रहने धारणा राखे । ‘हाम्रो वडालाई नमुना वडा बनाउनका लागि  यहाँहरु जस्तै विभिन्न क्लब तथा टोलविकास संस्थाको आवश्यकता रहन्छ । त्यसको लागि सबै हातेमालो गर्न आवश्यक हुन्छ,  उनले भने, ‘त्यसैले यहाँहरुको रचनात्मक र सकरात्मक कार्यक्रमको हामी सधै उच्च कदर गर्नेछौं ।’ 

 

सोही कार्यक्रमको अवसरमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत फुटबलमा कास्य पदक प्राप्त गरेका गण्डकी प्रदेशका सुमित श्रेष्ठ र स्क्वासमा लुम्बिनी प्रदेशबाट कास्य पदक जितेका क्लबका सदस्य अर्जुन गाहा (सुशान्त) मगरलाई सम्मानसमेत गरिएको थियो ।

 

 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्