‘छठ’ पर्वमा सामग्री खरिद गर्नेको भीड

विराटनगर | कात्तिक १२, २०७९

‘छठ’ पर्वमा सामग्री खरिद गर्नेको भीड

 

विराटनगर । तिहारपछि तराईमा उमङ्गका साथ मनाइने ‘छठ’पर्वका लागि बजारमा किनमेल गर्नेको अत्यधिक भीड लागेको पाइएको छ । यो भीड ‘छठ’ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो ।    छठ पर्वका लागि पसलेले पनि आफ्ना सामान बिक्री गर्न व्यस्त देखिएका छन् । विराटनगरमा मात्र नभएर यो पर्व मनाउने क्षेत्रका बजार भीड देखिएको हो ।


    लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट ‘छठ’पर्व विधिवत्रूपमा आरम्भ हुन्छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, मूला, अदुवाको बोट पर्छन् । 


    पूजाका लागि बर्तालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो पनि खरिद गर्ने गर्दछन् । ‘छठ’पर्व मनाउने पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटलाई आकर्षक एवं सजावट गर्न बर्तालुले लागिपरेका छन् ।

    
    विराटनगरको सिङ्घिया खोला, केसलिया नदी, सुनसरी मोरङको सिँचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जाका साथ घाट निर्माणमा जुटेका छन् ।


    ‘छठ’ पर्व हेतु विराटनगर महानगरपालिकाले सुनसरी मोरङ सिँचाइ आयोजनाको समन्वय एवं सहकार्यमा विराटनगर क्षेत्रभित्र रहेका नहरलाई सरसफाइ पनि सम्पन्न गरेको छ । यसले घाट निर्माण गर्दा बर्तालु एवं श्रद्धालुलाई पूजापाठ गर्न निकै सहज भएको छ ।


     विराटनगर–११ पिचरामा स्थानीय युवा क्लब र संस्थाको अग्रसरतामा नहरलाई सिँगार्न जुटेका छन् । शुक्रबारदेखि सुरु भएको ‘पर्व’अन्तर्गत भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । 


    यस पर्वमा ठकुवा, भुसुना, घ्यूमा तयार पारेका अन्य मिठाइ पनि खाने गर्दछन् । यो पर्वका लागि सरकारले आइतबार सार्वजनिक बिदा पनि दिएको छ । यो ‘पर्व’ को रौणक एवं चमक हेर्न आइतबार साँझ र सोमबार बिहान हजारौँ मानिस घाटमा भीड लाग्ने गर्छ ।

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्