निर्वाचन परिणामका लागि प्रिक्साको निःशुल्क प्रविधि electionnepal.live
काठमाडाैं | बैशाख ३०, २०७९
काठमाडौं: यही वैशाख ३० गते हुन गइरहेको स्थानिय तह सदस्य निर्वाचनको नतिजा सजिलै आफ्नो वेवसाइटमा प्रकाशन गर्नको लागि Prixa Technologies ले electionnepal.live भन्ने निःशुल्क प्रविधि ल्याएको जानकारी यहाँहरुसँग बाँड्न पाउँदा हामीलाई अत्यन्त खुसी लागिरहेको छ ।
electionnepal.live ले निर्वाचन आयोगद्वारा प्रकाशित नतिजालाई द्रुत अपडेट गर्छ । Prixa ले सबै सञ्चारमाध्यमलाई निर्वाचनको परिणाम पाठकहरुसँग साझा गर्न सजिलो होस् भन्ने लागेर यो पोर्टलको अवधारणा ल्याएको हो । यो प्रविधिमार्फत कुनै पनि सञ्चारकर्मीहरुले निर्वाचनको परिणाम छिटोभन्दा छिटो आफ्नो वेवसाइटमा प्रकाशन गर्न पाउँछन् । निर्वाचनको नतिजा आफ्नो वेवसाइटमा प्रकाशन गर्न electionnepal.live मा गएर त्यहाँ भएको एम्बेड कोड कापी गरेर आफ्नो वेवसाइटमा राख्न सकिन्छ।
Prixa ले यस अघि पनि कोरोना संक्रमितको वास्तविक संख्या अद्यावधिक गर्नको लागि coronanepal.live भन्ने निःशुल्क प्रविधि बनाएको थियो र १००० भन्दा बढी संचारकर्मीहरुले आफ्नो वेवसाइटमा यो प्रविधि आत्मसात गरेका थिए । साथै कोरोनाको समयमा coronanepal.live २ लाख भन्दा बढी जनताले आफ्नो संचार माध्यममा सेयर गरेका थिए । अझै पनि उक्त प्रविधिले नेपाली जनतालाई सुसूचित रहन मद्दत गर्दै आएको छ र electionnepal.live पनि यही उद्देश्य लिएर बनाइएको हो ।
electionnepal.live को माध्यमबाट सबै जनतामा मत परिणामको जानकारी झट्टै होस् भनेर त्यसको लागि हामीले अहिले सञ्चालनमा आइराखेका सञ्चार माध्यममा निर्वाचन आयोगको तथ्यांकलाई आधार बनाएर सबै ठूला साना सञ्चार माध्यमहरुमा निःशुल्क कोड एम्बेड गर्नेछौँ । यसले गर्दा अत्यधिक संख्यामा रहेका संचार माध्यममा फरक फरक डाटा नआउन् र जनतालाई दुविधा नहोस् भन्नका लागि हामीले निर्वाचन आयोगको आधिकारिक डाटा नै राख्ने व्यवस्था गरेका छौँ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

