करेन्ट लागेर गाेरखामा एकजनाको मृत्यु
गोरखा | चैत १०, २०८१
गोरखा — आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।
करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका उनले बताए।
घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको उपरीक्षक सुवेदीले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

