सेतीमा खसेका थापामगरको जिवितै उद्धार
कास्की | बैशाख ३०, २०७९
पोखरा: पोखरा महानगरपालिका ७ स्थित घारीपाटन नजिकै माछा मार्न जाने क्रममा सेती खोचमा अड्किएका विशाल थापामगरलाई सुरक्षा टोलीले जिवितै उद्धार गरिएको छ ।
प्युठानको गौंमुखी गाउँपालिका ३ का ३२ वर्षिय थापामगरलाई सशत्र प्रहरी बल नेपाल २४ नम्बर गण पोखराका सशत्र प्रहरी निरिक्षक भिम बहादुर क्षेत्री नेतृत्वको टोली र नेपाली सेनाको महाविर गण रेन्जरबाट खटिएको क्याप्टेन खगेन्द्र सावा नेतृत्व सँयुक्त टोलीले जिवितै उद्धार गरेको हो ।
चिप्लेर लड्दा खुट्टामा चोट लागेको उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सशत्र प्रहरी निरिक्षक भिम बहादुर थापाले सुनगाभा न्यूजलाई बताए ।
उनका अनुसार करिब साढे ११ बजे थापामगर चिप्लेर लडेर सेती खोचमा अड्किएका थिए । त्यसपश्चात उनको उद्धारमा सशत्र प्रहरी बलको टोली र नेपाली सेनाको टोली खटिएको थियो । करिब ३ बजे खोचमा अड्किएका थापामगरको उद्धार गरिएको इन्सपेक्टर थापाले बताए ।
पोखरामा ज्याला मजदुरी गर्दै आएका थापामगर स्थानीय तहको निर्वाचनका कारण आज (शुक्रबार) काम नभएपछि माछा मार्न सेती पुगेको बताइएको छ ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

