ड्याम साइड क्लवको तिहार विशेष साँस्कृतिक साँझ सम्पन्न
पत्रकार श्रेष्ठ ड्यामसाइड वर्ष पुरस्कार- २०७९ द्वारा सम्मानित
पाेखरा | कात्तिक ७, २०७९
पोखरा : ड्याम साइड क्लवको आयोजनामा तिहार विशेष साँस्कृतिक साँझ-२०७९ सम्पन्न भएको छ । पोखरा -१७ स्थित कल्बले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पु¥याऔं’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो ।
साँझ ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा गायक कर्णदास, हाँस्य कलाकार सुमन कार्की, पोखरेली उदयमान कलाकार सौगात गुरुङ, ब्लु डायमण्ड सोसाइटी तथा लोक नृत्य कलाकार संघका कलाकारहरुको बेजोड प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।
२०५९ सालमा स्थापना भएको क्लवले विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निःशुल्क फुटबलसम्बन्धी प्रशिक्षण दिनुका साथै फुटबललाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको क्लवका अध्यक्ष अध्यक्ष प्रताप गुरुङले बताए ।
पत्रकार श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार-२०७९ द्वारा सम्मानित
पत्रकार दीपेन्द्र श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारा सम्मानित भएका छन् ।
ड्यामसाइड क्लव पोखरा– १७ ले नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एफएमका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठलार्ई पत्रकारिताको माध्यमबाट सामाजिक उत्तरदायित्व वहन गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी विभिन्न कालखण्डमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
आइतबार साँझ क्लवले तिहारको अवसरमा आयोजना गरेको तिहार विशेष साँस्कृतिक साँझका अवसरमा पत्रकार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही योगी, क्लवका अध्यक्ष प्रताप गुरुङ, कार्यक्रम संयोजक एवं पूर्व अध्यक्ष केशवराज बराल र क्लवका महासचिव राकेश श्रेष्ठले नगद रु १५ हजार ५५५ सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । यसअघि सो सम्मानबाट पर्यटनविज्ञ हरिध्वज तुलाचन सम्मानित भइसकेका छन् ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

