पोखरा फोटोग्राफर संघको देउसी भैलो सम्पन्न
पाेखरा | कात्तिक ७, २०७९
पोखरा । पोखरा फोटोग्राफर संघद्वारा नेपालीहरुको दोस्रो ठ्रलो चाड तिहार को अवसर मा देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी सम्पन्न गरेको छ । पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्र कुमार राजभण्डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको कार्यक्रममा संघका उपाध्यक्ष भक्त तामाङ ले स्वागत मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि भण्डारी ले फोटोग्राफी ब्यवसायको हक र हितका लागी स्थापनागरिएको यस संस्थाले बिभिन्न सामाजिक कार्यहरु र ब्यवसायिक हक र हितका कार्यहरु क्षमता अभिवृद्धि जस्ता सह्रानियकार्यहरु गर्दै आइरहेको र अझ नेपाली सस्कृतिको रक्षाका लागी यस्ता खालका कार्यक्रमहरु बेलाबेलामा गरि राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखराफोटोग्राफर संघ महिला उप समिति संयोजक रिता पौडेल महिला उपसमिति सह संयोजक डेक कुमारी जलारी के सि पूर्व अध्यक्ष रविनाथ दाहाल, नि अध्यक्ष जनकराज तिवारी , कैलाश बचत ताथा ऋण सहकारी संस्था का अध्यक्ष खडानन्द अधिकारी, संघका संरक्षक गणेश छवि, लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरु बिच प्रत्येक बर्ष शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गर्ने गरेको छ र यसरी गरिने देउसी भैलो कार्यक्रमवाट उठेको रकम पोखराफोटोग्राफर संघ द्वारा संचालित राहतकोषमा जम्मा गरिने गरीएको छ यसपाली को देउसी भैलोमा करीव ६०हजार रुपैया संकलन भएको कुरा संघकी कोषाध्यक्ष नन्दकला पौडेलले बताएकी छन ।
कार्यसमिती सदस्य स्वदेश साई को संयोजन तथा पोखरा फोटोग्राफर संघ महिला उप समितिको ब्यवस्थापनमा संचालित सो कार्यक्रम संघ का सचिब देवानन्द पोख्रेल ले सञ्चालन गरेका थिए । कार्यक्रम को समापन गर्दै संघ का अध्यक्ष रामचन्द्र पोखरेल ले सबैलाई धन्यबाद ज्ञापन गर्दै सबैको सहयोगका कारण संस्थाका कार्यक्रमहरु सफल हुने कुरामा जोड दिए ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

