बिजिबी कोरियन रेष्टुरेन्ट सञ्चालनमा

पाेखरा | कात्तिक ७, २०७९

बिजिबी कोरियन रेष्टुरेन्ट सञ्चालनमा

पोखरा:   पोखरा महानगरपालिका ६ लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि बिजिबी कोरियन रेष्टुरेन्ट सञ्चालनमा आएको छ । 

 

आज (सोमबार) नेपालका क्याप्टेन विजय लामाले बिजीबी कोरियन रेष्टुरेन्टको उद्घाटन गरेका हुन् । 

 

२०४५ सालबाट पोखराको लेकसाइडमा बिजिबी रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ज्याक तामाङले कोरियन रेष्टुरेन्ट सञ्चालनमा ल्याएको तामाङले जानकारी दिए । 

 

उनका अनुसार अहिले बिम बिम रेष्टुरेन्ट क्याफे प्रा.लिमा परिणत भइ बिजीबी समुहले सञ्चालन गर्दै आएको छ । बिजीबी कोरियन रेष्टुरेन्टको अर्काे शाखा काठमाण्डौंको ठमेलमा बिस्तार गरिने तयारी भइरहेको सञ्चालक तामाङले बताए । 

 

रेष्टुरेन्टमा तयार हुने कोरियन परिकार तथा आवश्यक पर्ने मलासजन्य समाग्रीहरु सबै कोरियाबाट नै आयात गरिने उनले बताए । साथै खानाको लागि आवश्यक पर्ने भाँडाकुँडा तथा टेबल कुर्चीको व्यवस्था कोरियाको शैलीमा नै तयार गरिएको छ ।

 

आजबाट औपचारिक रुपमा सञ्चालन गरिएपछि विगत ३ महिनादेखि रेष्टुरेन्ट सञ्चालन रहेको थियो ।

 

उक्त रेष्टुरेन्टमा ४५ प्रकारका कोरियन खाना तयार हुनेछ भने रेष्टुरेन्ट बिहान ११ः३० देखि बेलुका १० बजेसम्म खुल्ने बताइएको छ ।
 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्