पशुचौपाया तथा पंक्षीहरूको तथ्याङ्क सङ्कलन
नुवाकोट | कात्तिक ६, २०७९
नुवाकोट । नुवाकोट र रसुवाका पशुचौपाय तथा पंक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो ।
त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको कार्यालय प्रमुख (पशु विकास अधिकृत) भरत पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार तथ्याङ्क सङ्कलनका लागि आवश्यक तालिम र सामग्री दिएर तोकिएको मापदण्डअनुसार विवरण लिन गाउँ तथा नगरपालिका तोकेर पशु सेवा प्राविधिकलाई खटाइएको छ ।
“राज्य पुनःसंरचनापछि प्रदेश सरकार स्थापना भएसँगै रुपान्तरित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग जिल्लामा रहेका पशुचौपायको विवरण नभएकाले लगत सङ्कलन गर्न लागिएको हो ।” उहाँले भन्नुभयो, “अभियानमार्फत दुई जिल्लाको पालिकागतरूपमा घरपालुवा पशुचौपाय र पक्षीको सङ्ख्या, जात, उमेर, लगानीसहितको विवरण खोज्न लागिएको छ ।”
साविक जिल्ला पशु सेवा कार्यालयले हरेक आर्थिक वर्षमा पशुचौपाय तथा पक्षीको लगत सङ्कलन र अद्यावधिक गर्ने गरेको थियो । प्रदेश सरकारको स्थापनापछि पहिलोपटक तथ्याङ्क सङ्कलन गर्न लागिएकाले यथार्थ विवरण सङ्कलन गर्न खटिएका सङ्कलकलाई केन्द्र प्रमुख पाण्डेले निर्देशन दिनुभयो ।
उहाँका अनुसार सङ्कलन गर्न लागेको विवरणबाट नुवाकोट र रसुवामा पालन गरिएका पशुचौपाय तथा पक्षीसँग सम्बन्धित योजना तर्जुमा गर्न, रोग फैलिएमा नियन्त्रण गर्न, पकेट क्षेत्र घोषणा गर्न, व्यावसायिक पशुपालनको वस्तुस्थितिसहित त्यसमा किसानको लगानी के– कति रहेको छ त्यो समेत थाहा पाउन सकिने प्रश्नावली र अनुसूची समावेश गरिएको छ ।
आजदेखि कार्यक्षेत्रमा पठाइएका तथ्याङ्क सङ्कलक पशु सेवा प्राविधिकलाई आगामी मङ्सिर १५ भित्र लगतको विवरण विज्ञ केन्द्रमा बुझाउन समयसीमा तोकिएको छ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

