अधिकारी समाज कास्की इकाई समितिद्वारा रक्तदान
पाेखरा | कात्तिक ६, २०७९
पोखरा : अधिकारी समाज कास्की इकाई समिति पस्र्याङले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा ६८ युनिट रगत संकलन भएको थियो ।
पोखरा–५ पस्र्याङमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि अधिकारी समाज कास्कीका जिल्ला अध्यक्ष लिलाधर अधिकारीले रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदान शुरु गरिएको थियो ।
कार्यक्रमको सभापतित्व इकाई अध्यक्ष एवं जिल्ला महासचिव हरिश्चन्द्र अधिकारी, स्वागत मन्तव्य कोषाध्यक्ष रुद्रप्रसाद अधिकारी, अधिकारी समाज कास्कीका जिल्ला वरिष्ठ उपाध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष पूर्णभद्र अधिकारी र क्षेत्रीय रक्तसञ्चारका प्रमुख अर्जुन ज्ञवाली लगायतले सामाजिक कार्यमा अधिकारी समाज कास्की इकाई समितिको भूमिकाको प्रशंसा गरेका थिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

