आतिजबाजीको खर्च देखाउनुपर्ने मागसहित अख्तियारमा निवेदन
पाेखरा | कात्तिक ४, २०७९
पोखरा : नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आतिजबाजी गरेर लाखौं रकम हिनाबिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा निवेदन दिएको छ ।

पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विभिन्न विधाका घाइते खेलाडीहरुलाई न्यून्नतम स्वास्थ्य उपचार सुविधासमेत उपलब्ध नगराइएको र उद्घाटन र समापन समारोहमा लाखौं रकमको आतिजबाजी गरेर लाखौं रकम हिनामिना गरेको भन्दै समाजका प्रवक्ता गोकुलप्रसाद कार्कीद्वारा हस्ताक्षरित निवेदन बुझाएको हो ।
निवेदनमा भनिएको छ, ‘खेलकुदमा सहभागी खेलाडीहरुको जीवन विमा, आकस्मिक दुर्घटना विमा, स्वास्थ्य उपचार, समयसापेक्ष आवास, खानाखाजा तथा यातायात खर्च सुविधा सम्बन्धमा र प्याराग्लाइडिङ खेल संचालनका लागि नागरिक उड्यन प्राधिकरणसँग स्विकृति नलिएको सम्बन्धमा छानबिन गर्न नागरिक समाज कास्की माग गर्दछौं ।’
साथै प्रचलित कानूनको कुन बुँदालाई आधार मानेर आतिजवाजी गरिएको र वास्तविक खर्च र खेल आयोजना पूर्व खेलकुद पूर्वाधार निर्माण तथा खेलमैदान स्त्तरोन्नतीको नाममा भएको खर्च विवरणको सम्बन्धमा छानबिन गर्नसमेत नागरिक समाज कास्कीले माग गरेको छ ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

