पोखराका फेन्सी पसलमा महानगरको अनुगमन, दुई पसललाई जरिवाना

पाेखरा | कात्तिक ४, २०७९

पोखराका फेन्सी पसलमा महानगरको अनुगमन, दुई पसललाई जरिवाना

 

पोखरा। पोखरा महानगरपालिकाले फेन्सी पसलमा अनुगमन गरेको छ । पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार फेन्सी पसलमा अनुगमन गरिएको हो । 


अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, आन्तरीक राजस्व कार्यालय पोखराका ठाकुर सुवेदी, घरेलु कार्यालय पोखराका हेमराज बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतम, पोखरा महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा र  पत्रकारहरुको सहभागीता रहेको थियो । 


पोखरामा खाद्यान्न, तरकारी, फुलफुल होटल लगायतका क्षेत्रमा अनुगमन भएपनि फेन्सी पसलमा भने पहिलो हो । फेन्सी पसलमा ग्राहकहरु ठगिएको गुनासो आउने गरेको भन्दै अनुगमन गरिएको महानगरपालिका उपोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिनुभयो । 


अनुगनका क्रममा ब्यवसाय दर्ता विना सञ्चालन भएका, दर्ता भएपनि नविकरण नभएको भेटिएको र खरिद विल नभएको फेला परेको सदस्यसचिव पौडेलले बताउनुभयो । ‘केही पसल महानगर, घरेलु, आन्र्तरीक राजस्व कार्यालयमा दर्ता नभएको पाइयो ।’ अनुगमनका क्रममा पोखरा  ट्रेड मलभित्र सञ्चालित दुई पसललाई जरिवाना समेत गरेको छ । ग्लोजम कुर्था पसल र सुस्मीन एण्ड सुशान्त स्टोर्सलाई पाँच÷पाँच हजार रुपैयाँ जरिवाना गरेको हो । ग्लोजमले कपडा खरिद बिल नभएको र विना दर्ता सञ्चालन भएको भेटिएपछि जरिवाना गरिएको महानगरका सहकारी शाखाका ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।


त्यस्तै सुस्मीन एण्ड सुशान्त स्टोर्सले विल काटदादेखि वीचमा विल छुटाएर काटेको, व्यवसाय नविकरण नगरेको र ग्राहकलाई समेत विल नदिएको पाइएकाले जरिवाना गरिएको सापकोटाले जानकारी दिनुभयो । त्यस्तै सलोनी इम्पोरियम, जिएलके क्लोसेट क्लाउड, एनडी सर्पिङ्ग सेन्टरमा खरिद विल नभएको, ब्यवसाय दर्ता नभएको पाइएकाले उनीहरुलाई खरिद र विक्री विल सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले बताउनुभयो । यता पोखराको चिप्लेडुंगामा सञ्चालित यूएफओमा खरिद विल नभएको भेटिएकाले जिल्ला प्रशासन कार्यालय कास्की बोलाइएको छ । पोखरा महानगरका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले फेन्सी पसलमा अनुगमन गरेको बताउदै भन्नुभयो,‘ब्यवसायीले खरिद विल नलिने र  विक्री विल पनि नदिले गरेको भेटियो ।सबै व्यवसायीको समस्या एउटै देखियो ।यो  समस्या समाधान गर्न सरोकारवाला निकायसंग बसेर छलफल गछौँ ।’ 


जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतमले काठमाडौबाट ल्याउने सामानको विल कम जारी गर्ने र महंगोमा विक्री गरेको पाइएको बताउनुभयो । उहाँले कम विल जारी गर्ने र महंगोमा विक्री गर्ने समस्या सबै ब्यवसायीकोमा देखिएकाले यस बारे छुटटै छलफल गरेर दिर्घकालिन रुपमा समाधान गर्नुपर्ने देखिएको छ । पोखरा महानगरले दशैअघि पोखरामा सञ्चालिन मासु, खाद्यान्न र दशैलाई लक्षित गरे विक्रीका लागि बाहिरि जिल्लाबाट ल्याइएका च्यांग्राको अनुगमन गरेको थियो । 
 

काठमाडौँ:    कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । ...

थप पढ्नुहोस्

नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनता...

थप पढ्नुहोस्

नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलम...

थप पढ्नुहोस्