प्रधानमन्त्री देउवाद्वारा पर्वतीय सङ्ग्रहालयको अवलोकन

पाेखरा | कात्तिक ३, २०७९

प्रधानमन्त्री देउवाद्वारा पर्वतीय सङ्ग्रहालयको अवलोकन

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रधानमन्त्री देउवाले रुचिपूर्वक अवलोकन गर्नुभएको हो । 

 

नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरिको सङ्ग्रहालय भवनभित्र विभिन्न चार वटा कक्षअन्तर्गत १२ उपकक्षमा हिमाल र हिमालीका गतिविधि बारेमा सङ्ग्रह गरी प्रदर्शन गरिएको छ । सङ्ग्रहालयमा पर्वतीय मानव कक्ष, हिमालीको सामाजिक, सांस्कृतिक धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री, विश्वका पर्वत श्रृङखलाको उत्पत्ति, भौगर्भिक महत्व, वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शन गरिएको छ । 

 

उक्त कक्षमा विश्वका पर्वत शृङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको छ । सङ्ग्रहालयमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ ।


    
विश्वका हिमाल र हिमाली क्षेत्रका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि उपयुक्त थलोको रूपमा लिइएको सङ्ग्रहालय परिसरमा निर्माण बोटानिकल गार्डेन, मनास्लु हिमालको मोडल, ढलोटको याकलगायतका विविध संरचना निर्माण गरिएको छ ।

 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा पोखरा आउनुभएका प्रधानमन्त्री देउवाले सङ्ग्रहालयको अध्ययन अवलोकनसँगै संस्थाको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । त्यसअघि उहाँलाई नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पा, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेलगायतले स्वागत गर्नुभएको थियो । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्