लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडाैं | कात्तिक २, २०७९

लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

 

काठमाडौं । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न  चार दिनको म्याद थप गरेको छ । 


प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख  गर्दै  पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ ।


 लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई  बलात्कार आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...

थप पढ्नुहोस्

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्