नवौ राष्ट्रिय खेलकुद : आर्चरी स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

पाेखरा | कात्तिक १, २०७९

नवौ राष्ट्रिय खेलकुद : आर्चरी स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

पोखरा : गण्डकी प्रदेशले आर्चरी प्रतियोगितामा स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा स्वर्ण पदक जितेको छ । 


नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदानमा भएको प्रतिस्पर्धामा स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीका दुर्गा घर्ती मगर, खड्ग घर्ती, राजु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्‍यो ।

 

महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पारेको छ । सेनाका शारदा बि।क, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।

 

स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा विकको जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्