जनताका हरेक समस्या समाधानका लागि लाग्छु: नेता पौडेल
तनहुँ | कात्तिक १, २०७९
तनहुँ । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताउनुभयो ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका वरिष्ठ नेता पौडेलले भन्नुभयो, “यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।” उहाँले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिनुभयो ।
लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिनुभयो । “लोकतन्त्र सङ्कटमा परेको बेला बनेको गठबन्धनलाई बलियो बनाएर अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।
तनहुँ क्षेत्र नम्बर १ प्रदेश–१ का उम्मेदवार अशोककुमार श्रेष्ठले जनताका हरेक समस्या समाधान नेपाली कांग्रेससको नेतृत्वमा सम्भव भएको बताउनुभयो । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य ओमकुमारी पौडेलले गठबन्धनले संविधान जोगाएको र अब थिती बसाल्नुपर्ने बताउनुभयो ।
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...
काठमाडौं: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो । सार्वजनिक भएको...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि ...

