‘चामल किन बाँडेको ? भन्दै एसका मेटमणिलाई आयोगको प्रश्न
दाङ | असोज ३०, २०७९

दाङ : निर्वाचन आचारसंहिता विपरित चामल बाँडेको भन्दै नेकपा एकिकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
शहरी विकास मन्त्री समेत रहेका चौधरीले निर्वाचन आचारसंहिता विपरित चामल बाडेको शिर्षकमा एक अनलाइनमा समाचार प्रकाशन भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोग नेपालले मन्त्रीलाई सोधेको स्पष्टीकरणमा लेखिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?’
स्पष्टीकरणपत्रमा तपाईंबाट निर्वाचन आचारसहिताको उल्लंघन भएको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन जरिबाना गर्नु नपर्ने हो ? भन्ने प्रश्न गरिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा छ को व्यवस्था बमोजिम ‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।
तर, मन्त्री चौधरीले सो व्यवस्था बमोजिम आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति लिएका थिएनन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा शहरी विकास मन्त्री तथा नेकपा एकिकृत समाजवादीका नेता चौधरी दाङ क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार रहेका छन् । भने यस क्षेत्रमा उनका प्रतिष्पर्धी नेकपा एमालेकी शान्ता चौधरी रहेकी छिन् ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...