रानामगरको मुक्तकसंग्रह ‘बरनौली’ विमोचन
पाेखरा | असोज ३०, २०७९
पोखरा : साहित्यकार रीम रानामगरको मुक्तक संग्रह ‘बरनौली’ विमोचन गरिएको छ ।
नेपाल मगर लेखक संघ गण्डकी प्रदेशको आयोजनामा साहित्यकार मगरको ‘बरनौली’ मुक्तक संग्रह गण्डकी प्रदेशका वन, वातावरण तथा भू-संरक्षणमन्त्री दिपक चर्तीमगर, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का (बिखर्ची) र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले सँयुक्त रुपमा विमोचन गरिएको हो ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशका वन मन्त्री चर्तीमगरले मगर समुदायका साहित्कारहरुको कृति विमोचन हुनु गौरवमय उदाहरण भएको धारणा राखे ।
‘मगर जातिको कला, सस्कृति, भाषा पछिल्लो समय लोपउन्मुख अवस्थामा छ’ उनले भने,‘ लोपउन्मुख अवस्थामा पुगेको मगर समुदायको भाषामा प्रकाशित कृति विमोचन गर्नुपाउनु मेरो भाग्य हो । साथै यो आफैमा गौरवपूर्ण उदाहरण हो ।’
मन्त्री चर्तीमगरले पछिल्लो समय भाषा पुस्तातरण नहुँदा मगर भाषा लोप हुँदै गएको बताए ।
‘पछिल्लो समय अन्य भाषाको प्रभावसँगै अग्रजहरुकै हेलचक्रयाईंले मगर भाषा लोप हुँदै गएको छ, उनले भने, ‘आफ्नो भाषालाई माया गर्न र आउने पुस्ताहरुलाई सिकाउन साहित्कारको कलम चल्न अनिवार्य छ ।’
यसैगरि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का (बिखर्ची) ले मातृभाषामा मुक्तक संग्रह प्रकाशन गरेका लेखक रानामगरलाई सफलताको शुभकामना व्यक्त गरे ।
‘सबै जातजातिको भाषालाई शिक्षा क्षेत्रबाट अगाडी बढाउनुपर्छ, उनले भने, ’हरेक विद्यालयमा मातृभाषा शिक्षण हुने हो भने नेपालको कुनै पनि जातिको भाषा लोप हुदैन, र सरकारको पनि त्यसतर्फ ध्यान केन्द्रित हुन आवश्यक छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

