महिला हक्की: प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा
पाेखरा | असोज ३०, २०७९
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभूवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । योसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस्तै आज भएको दोस्रो खेलमा नेपाल आर्मीले ३–० को गोल अन्तरले सुदुरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै थियो । भोलि प्रतियोगिताको पाँचौ दिन बागमती प्रदेश र मधेस प्रदेश बीच प्रतिस्पर्धा हुँदै छ । यसअघि लगातार दुई खेल जितिसकेको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनक...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गोर्खा मिडियाका प्रबन्धक निर्देशक रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिइएको छ । बिहीबार (पुस ३) उच्च अदालत तुलसीपुरको बुटवल इजलास...
काठमाडौं: भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अ...

