‘सुझाव दिनुहोस्’ भन्दै पत्रकारसमक्ष उम्मेदवार विन्दु

पाेखरा | असोज ३०, २०७९

‘सुझाव दिनुहोस्’ भन्दै पत्रकारसमक्ष उम्मेदवार विन्दु

पोखराः कास्की क्षेत्र नम्बर २ तर्फ प्रदेश सभा (ख)का उम्मेदवार विन्दुकुमार थापाले आज स्थानीय पत्रकारसँग अनौपचारिक भेटघाट गरेका छन् । 

 

भेटघाटमा थापाले घोषणापत्र लेखनमा जुटेको बताउँदै के–कस्ता योजना र कामको आवश्यकता छ भन्दै सुझाव मागे । ‘पत्रकारहरु दैनिकरुपमा जनताको गुनासो र आवश्यकताबीच काम गर्नुपर्ने भएकाले सुझावको अपेक्षा गरेको छु’ उनले भने । 

 

समृद्धि र निरन्तरको विकासमा सँधै लागिरहेको बताउँदै उनले मन्त्री भएपनि उल्लेख्य काम गर्न समायाभावले नसकेको प्रष्ट्याए । पोखराको विकासमा गर्नुपर्ने धेरै काम भएका भन्दै थापाले सोही लक्ष्य पुरा गर्न पुनः प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको जिकिर गरे । 

 

प्रदेशमा कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री रहेका थापा व्यावसायिक पृष्ठभूमिबाट उदाएका हुन् । सोही कारण पनि पोखरालाई आर्थिक क्षेत्रमा माथि उठाउन पुनः नीति निर्माण तहमा पुग्न चाहेको उनले बताए । 

 

गठबन्धनका साझा उम्मेदवारले छलफलकाक्रममा चुनाव जित्ने दाबी गर्दै महत्वपूर्ण सुझावको अपेक्षा गरे । 

 

भेटघाटमा सहभागी पत्रकारहरुले यस क्षेत्रको विकासमा उद्योग, पर्यटन, कृषि र वातावरणमा पहल गर्नुपर्ने भन्दै समयसापेक्ष कार्यक्रमहरु घोषणापत्रमा समेट्न सुझाव दिए । 

 

त्यस्तै, निर्माणाधीन कोरला नाका र हुलाकी मार्गबाट कास्की एवं पोखराले भरमग्दुर फाइदा लिनसक्ने भएकाले सोही अनुसारका योजनाहरु समेटिनु पर्ने सुझाव समेत थापालाई दिएको छ । 

 

हालसम्म निर्णय हुन नसकेको आमसञ्चार विधेयकलाई समेत टुंगोमा पु¥याउनुपर्ने पत्रकारहरुको जोड थियो । उक्त विधेयक पत्रकार र सूचनामैत्री पनि हुनुपर्नेमा सहभागी पत्रकारको जोड रहेको छ । 

 

सुझाव लिँदै थापाले सुशासन र सबल अर्थतन्त्रनै आफ्नो मूल चुनावी एजेन्डा र लक्ष्य रहेको जनाए ।  

 

दोस्रो पटक प्रदेशको चुनावी मैदानमा होमिएका थापाको प्रतिष्पर्धामा नेकपा एमालेबाट मिना गुरुङ रहेकी छिन् । गुरुङ् यसअघि समानुपातिकतर्फबाट सांसद हुन् । 

गलकोट:  चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्