स्क्वास प्रतियोगिता सुरु, बागमतीकी विपनाको विजयी सुरुवात

पाेखरा | असोज २९, २०७९

स्क्वास प्रतियोगिता सुरु, बागमतीकी विपनाको विजयी सुरुवात

कास्की ।   नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वास प्रतियोगिता आज (शनिबार) देखि सुरु भएको छ ।

 

पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा आज भएको उद्घाटन खेलमा बागमतीकी विपना ब्लोनले सोही प्रदेशकै स्वस्तानी श्रेष्ठलाई ३–० को सोझो सेटमा पराजित गरिन् । 

 

विपनाले पहिलो सेट स्वस्तानीलाई १२–१० मा दोस्रो सेट ११–९ र अन्तिम सेट ११–७ मा जित निकालिन् । उनले उद्घाटन खेलमा श्रेष्ठमाथी सहज जित निकाल्दै व्यक्तिगत १ अंक बटुलिन् ।

 

यसअघि सो प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले सबै प्रदेशका खेलाडीहरुलाई अनुशासित भएर खेल कौशल प्रर्दशन गर्न आग्रह गरे । 

 

सचिव गौतमले अनुशासन खेलाडीको मुख्य गहना भएको बताउदै जीत र हार निर्णयको मापडण्ड मात्र भएको उल्लेख गरे । ‘खेलमा हार जीत हुन्छ । यो स्वाभाविक प्रक्रिया हो, उनले भने, ‘तर खेलाडी भइसकेपछि अनुशासनलाई पनि ध्यान दिनुपर्छ । त्यो महत्वपूर्ण विषय हो । त्यसैले त्यसको पनि हरेक खेलाडीले ख्याल गर्नुपर्छ ।’

 

उनले खेलकुदले नागरिकलाई स्वस्थ्य रहन सघाउ पुर्याउने समेत धारणा व्यक्त गरेका थिए ।

 

त्यसैगरि गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले सबै खेलाडीलाई मर्यादित भएर खेल्नुपर्नेमा जोड दिएका थिए  । 

 

प्रतियोगितामा महिलातर्फ खेलाडीको सँख्या कम रहेकाले ओपन इभेन्ट मात्रै सञ्चालन हुने नेपाल स्क्वास रर्याकेट्स एशोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिं भण्डारीले जानकारी दिए । उनका अनुसार महिला तर्फको खुला (ओपन) इभेन्ट लिग चरणमा हुनेछ भने पुरुष तर्फको खेल नकआउट सिस्टममा हुनेछ । 

 

उनले आगामी ३१ गतेसम्म पुरुष तथा महिला दवै समुहको ओपन इभेन्ट सम्पन्न गर्ने बताउदै टिम इभेन्टका खेल १ गतेबाट सञ्चालन गरिने जानकारी दिए । सो प्रतियोगितामा ७ समुहबाट कुल २५ जना पुरुष र ७  जना महिला खेलाडीहरुको सहभागिता रहेको भण्डारीले बताए । 

 

उनका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।

 

यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फ गण्डकीका अमृत थापामगर र महिलातर्फ सोही  प्रदशकै कृष्णा थापामगरले स्वर्ण पदक जितेकी थिइन् । 

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्