स्क्वास प्रतियोगिता सुरु, बागमतीकी विपनाको विजयी सुरुवात

पाेखरा | असोज २९, २०७९

स्क्वास प्रतियोगिता सुरु, बागमतीकी विपनाको विजयी सुरुवात

कास्की ।   नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वास प्रतियोगिता आज (शनिबार) देखि सुरु भएको छ ।

 

पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा आज भएको उद्घाटन खेलमा बागमतीकी विपना ब्लोनले सोही प्रदेशकै स्वस्तानी श्रेष्ठलाई ३–० को सोझो सेटमा पराजित गरिन् । 

 

विपनाले पहिलो सेट स्वस्तानीलाई १२–१० मा दोस्रो सेट ११–९ र अन्तिम सेट ११–७ मा जित निकालिन् । उनले उद्घाटन खेलमा श्रेष्ठमाथी सहज जित निकाल्दै व्यक्तिगत १ अंक बटुलिन् ।

 

यसअघि सो प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले सबै प्रदेशका खेलाडीहरुलाई अनुशासित भएर खेल कौशल प्रर्दशन गर्न आग्रह गरे । 

 

सचिव गौतमले अनुशासन खेलाडीको मुख्य गहना भएको बताउदै जीत र हार निर्णयको मापडण्ड मात्र भएको उल्लेख गरे । ‘खेलमा हार जीत हुन्छ । यो स्वाभाविक प्रक्रिया हो, उनले भने, ‘तर खेलाडी भइसकेपछि अनुशासनलाई पनि ध्यान दिनुपर्छ । त्यो महत्वपूर्ण विषय हो । त्यसैले त्यसको पनि हरेक खेलाडीले ख्याल गर्नुपर्छ ।’

 

उनले खेलकुदले नागरिकलाई स्वस्थ्य रहन सघाउ पुर्याउने समेत धारणा व्यक्त गरेका थिए ।

 

त्यसैगरि गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले सबै खेलाडीलाई मर्यादित भएर खेल्नुपर्नेमा जोड दिएका थिए  । 

 

प्रतियोगितामा महिलातर्फ खेलाडीको सँख्या कम रहेकाले ओपन इभेन्ट मात्रै सञ्चालन हुने नेपाल स्क्वास रर्याकेट्स एशोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिं भण्डारीले जानकारी दिए । उनका अनुसार महिला तर्फको खुला (ओपन) इभेन्ट लिग चरणमा हुनेछ भने पुरुष तर्फको खेल नकआउट सिस्टममा हुनेछ । 

 

उनले आगामी ३१ गतेसम्म पुरुष तथा महिला दवै समुहको ओपन इभेन्ट सम्पन्न गर्ने बताउदै टिम इभेन्टका खेल १ गतेबाट सञ्चालन गरिने जानकारी दिए । सो प्रतियोगितामा ७ समुहबाट कुल २५ जना पुरुष र ७  जना महिला खेलाडीहरुको सहभागिता रहेको भण्डारीले बताए । 

 

उनका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।

 

यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फ गण्डकीका अमृत थापामगर र महिलातर्फ सोही  प्रदशकै कृष्णा थापामगरले स्वर्ण पदक जितेकी थिइन् । 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्