पोखरा टेकेपछि युरोप पसेजस्तो अनुभूति हुनेछः प्रत्यासी थापा
काठमाडाैं | बैशाख २७, २०७९

नेकपा एमालेकोतर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार कृष्ण थापाले विजय र विकासको सुरुआत पनि लेखनाथबाटै हुने बताएका छन् ।
नेकपा एमाले पोखरा २९ ले मंगलबार चुनावी अभियान अन्तरगत मेयर र उपमेयर सहितको घरदैलो पछिको कोणसभामा बोल्दै मेयर पदका प्रत्यासी थापाले पोखरा प्रवेश गर्ने कोत्रेबाट पोखरासम्म ६ लेनको बाटो र कोत्रेबाट पोखरा पस्दा नै युरोप पसे जस्तो अनुभुति हुने खालका विकासका संरचना निर्माण गरिने बताएका हुन् । ‘तपाईंहरु भोट दिनुहोस्, विकास गर्ने जिम्मा हाम्रो हो ।’ मेयरका प्रत्यासी थापाले भने, ‘लेखनाथ क्षेत्रलाई मैले प्राथमिकताका साथ हेरेको छु ।’
थापाले कम्तीमा हप्ताको २ दिन लेखनाथ मा आएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘सबै ठाउँलाई समान रुपमा विकास गर्ने प्रतिवद्धता बोकेर आएको छु । तपाईहरुबीच प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, अबका दिनमा जनाताले वास्तविक रुपमा परिवर्तनको आभास हुने काम गरेर देखाउने छु ।’
यसैगरी उपमेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले विभिन्न अप्ठेराका बीच पनि गएको ५ वर्षमा एमाले नेतृत्वको महानगरको टिमले सम्झन लायक धेरै काम गरेको दावी गरिन् । ‘सुरुका १ वर्ष स्थानीय तहको कानुन नै नभएकाले कानुन बनाउनमा नै समय खर्च भयो, योबीचमा धेरै कानुन बनाइएका छन् । फेरि २ वर्ष पुग्दा नपुग्दै विश्वव्यापी महामारीको रुपमा कोभिड आयो’ उनले भनिन् ।
गुरुङले यसबीचमा पनि पूर्वाधार निर्माणको क्षेत्रमा धेरै काम भएका दावी गरेकी छिन् । निवर्तमान उपमेयर समेत रहेकी गुरुङले युवालाई स्वदेशमा नै केही गरौं भन्ने भावना सृजना गर्न युवा स्वरोजगारका लागि प्राविधिक शिक्षा र महिलाका लागि बिना धितो महिला उद्यमी ऋणको व्यवस्था लगायतका कार्यक्रम भएको जानकारी गराएकी थिइन् ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष पदका उमेद्वार श्रीप्रसाद गुरुङले २०७४ सालमा एमालेले यो वडामा विजय गरेको र अहिले पनि विजयी हुने दाबी गरेका छन् । अहिलेको स्थानीय निर्वाचनमा समेत विजयी भएर बाँकी रहेका अधुरा कामलाई पूर्णता दिंदै वडालाई विकासको नयाँ मोडलबाट नमुना योग्य वडा बनाएरै छाड्ने आफ्नो योजना सुनाएका थिए ।
एमालेका जिल्ला कमिटीका सदस्य विष्णु पुनले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा पाटी कमिटीका अध्यक्ष प्रमोद भण्डारीले गरेका थिए । पूर्व सैनिकबस्तीबाट सुरु भएको मोटरसाइकल ¥याली खुदी, पावरहाउस, पट्नेरी हुँदै भण्डारढिकमा आएर समापन गरिएको थियो ।
पोखरा: बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।...
पोखरा: चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार स...
पोखरा: रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेष्टुरेण्ट तथा ह...