सियू पोखरा (तस्बिरहरु)
पाेखरा | असोज १५, २०७९
कास्की ।
दशैँको रौनक गाउँघरमा तातिदै जादा शहरको कोलाहल सुस्ताउदै छ । त्यसो त शहरलाई दशैँ नलाग्ने नै भने होइन ।
कतिपय शहरीयाहरु यस्ता छन् जसलाई गाउँ कहाँ हो भन्नेसमेत पत्तो छैन । उनीहरु दशैँमा शहरमै बस्न बाध्य छन् । तर गाउँघरबाट भविष्य खोज्दै शहर हानिएकाहरु भने दशैँको कोसेली बोकेर केही दिनका लागि पोखरालाई बाइबाई भनिरहेका छन् ।
यतिबेला दशैँ नेपालीहरुको संघारमै आइसकेको छ । त्यसैले पोखरा शहरबाट बाहिरिनेको सँख्या बढ्दो छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीका अनुसार हरेक वर्ष पोखराबाट करिब ५० हजारको सँख्यामा नागरिकहरु दशैँ मनाउन बाहिरिन्छन् ।
तर यस वर्ष भने गाउँ जानेको सँख्या घटेको केसीले बताए । ‘हरेक वर्ष लगभग ५० हजारको सँख्यामा बाहिरिन्छन्, उनले भने, ‘तर यसवर्ष विगतमा जस्तो त्यही चहलपहल छैन । पहिले पहिले त गाडी नै पुग्दैनथ्यो ।’
उनले पोखराबाट सबैभन्दा बढी धादिङका बासिन्दाहरु बाहिरिने गरेको अध्यक्ष केसीले जानकारी दिए । ‘दशैँमा सबैभन्दा बढी धादिङका बासिन्दा बाहिरिन्छन् । गाडी चालक र सहचालक मात्रै धादिङका ८० प्रतिशत छन् ।’ उनले भने ।
दशैँका लागि पोखराबाट गाउँ बाहिरिएका यात्रुहरुलाई सुनगाभा न्यूजको लेन्समा कैद गरेका छौं ।
हेर्नुहोस् तस्बिरहरु:-












व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

