पोखरा मलमा चल्दै थियो कोरियाको ठगी धन्दा, पैसा असुल्दै गर्दा समातिए कृष्ण रोका
पाेखरा | असोज १४, २०७९
पाेखरा: पोखराको पृथ्वीचोकस्थित पोखरा मलमा निलकमल म्यानपावर सञ्चालन गरी दक्षिण कोरिया पठाउने नाममा ठगी गरेको आरोपमा सञ्चालक कृष्ण रोका पक्राउ परेका छन् ।
रोकालाई बिहीबार अन्तर्वार्ता लिने भन्दै ८० जना युवासँग जनही २ लाख रुपैयाँ उठाइरहेको सूचना प्राप्त भएपछि वैदेशिक रोजगार विभागको टोलीले ललितपुरको बखुण्डोलबाट पक्राउ गरेको हो ।
युवाहरुलाई सिजनल भिसामार्फत कोरिया पठाउने भन्दै बखुण्डोलमा अन्तर्वार्ताकालागि बोलाइएको थियो । सोहीक्रममा रोकाले बिनाभौचर जनही २ लाख रुपैयाँ उठाइरहेका थिए । आफुले बुझाएको पैसाको प्रमाण नदिएपछि सहभागीले नै विभागमा खबर गरेका थिए ।
यसअघि म्यानपावरको पोखरा कार्यालयमा पनि कोरिया जाने प्रक्रियामा रहेका केहीले जिल्ला प्रहरी कार्यालयमा ठगिएको सूचना दिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । तर त्यसको भोलीपल्टै रोकाले अन्तर्वार्ता लिने भन्दै उनीहरुलाई ललितपुर पु¥याउन सफल भएका थिए ।
सरकारले वैधता नदिएको सिजनल भिसामा कोरिया पठाउने भन्दै पोखरामा करिब २ महिनादेखि रोकाले मान्छे भेला गर्दै आएका थिए । म्यानपावर कम्पनीको बोर्डसमेत नराखि ठगीमा जुटेका उनले जनही १३ लाख रुपैयाँ लिने योजनामा रहेका थिए ।
रोकाको यस योजनामा माछापुच्छ्रे गाउँपालिकाका साजन र गुणराज अधिकारीको सहयोग रहेको बताइएको छ । अधिकारीद्वयले छोटो समयमै युवाहरुलाई लाखौ कमाउने प्रलोभन देखाउँदै उनीहरुलाई रोकाको जिम्मा लगाउने गरेको पाइएको छ ।
जसमध्ये साजन तरुण दल लाहाचोकका अध्यक्ष हुन् ।
कोरिया जाने तयारीमा रहेको एक युवाले उनीहरुसँग अहिले २ लाख दिनुपर्ने र पछि १० देखि १३ लाख रुपैयाँ बुझाउनुपर्ने भनिएको थियो । सोही अनुसार बिहीबार ८० जनासँग १ करोड ६० लाख रुपैयाँ उठाउँदै गर्दा रोका विभागको फन्दामा परेका हुन् ।
नेपालको कानून अनुसार कुनैपनि देशमा सिजनल भिसामा कामदा पठाउनु अवैधानिक ठहर्छ । त्यस्तै, कोरिया पठाउन सकारलेनै इपिएस प्रणालीमार्फत आफै उक्त काम गर्दै आएको छ । तर रोकाले उनीहरुलाई सरकारमार्फत नै पठाउने झुठो आश्वासन दिएको पीडितले बताएका छन् ।
रोकाले यसअघि पोखरामा पनि रकम उठाएर श्रीमति राजकुमारी रोकाको बैंकखातामा राख्ने गरेको सूचना पाएको विभागले जनाएको छ ।
यस विषयमा विभागमा महानिर्देशक उमाकान्त आचार्यले बिनाआधार कोरिया पठाइदिन्छु भन्दै पैसा असुल्ने कामलाई ‘सरासर ठगी धन्दा’ भएको जनाएका छन् । आचार्यका अनुसार सरकारले अहिलेसम्म सिजनल भिसासम्बन्धी कुनै पनि नियम बनाइसेकेको छैन ।
हाल रोकालाई कस्टडीमा राखेको जानकारी गराउँदै थप पीडितहरुलाई सम्पर्कमा आउन आव्हान गरी अनुसन्धान सुरु गर्ने आचार्यले बताएका छन् ।
गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

