सप्तकोसीमा जेटबोट सञ्चालनमा
काठमाडाैं | असोज १३, २०७९
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ ।
सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहितले तीन लामो दूरीका र चार छोटो दूरीका जेटबोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिनुभयो ।
हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । सप्तकोसी किनारस्थित बराहक्षेत्र मन्दिरबाट जेटबोट सञ्चालन भएको पौडेलले जानकारी दिनुभयो । दसैँ तिहार लक्षित गरी यात्रुलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्नका लागि जेटबोट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
बराहक्षेत्रबाट कोप्चेसम्मका जेटबोटको हालको भाडादर जनही रु छ सय कायम गरिएको छ । जेटबोटले पाँच किलोमिटको दूरी तय गर्नेछ । पानीको सतह घटेपछि भाडादरमा समायोजन गरिने पौडेलको भनाइ छ । बराहक्षेत्रबाट जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायत ठाउँमा यात्रा गर्नका लागि सहज हुने उहाँले बताउनुभयो । जेट बोटको क्षमता ४० जना अटाउने रहेको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने ...
पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लबले जित हासिल गरेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ...
सर्लाही: नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ । आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्...

