जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते

सल्यान | असोज १२, २०७९

जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते तस्बिर फाइल

सल्यान :  सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

 

बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका(३ मुलपानीमा दुर्घटना भएको हो ।

 


जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले दुर्घटनामा ८ जना मृत्यु भएको बताए । मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् । उनीहरू सबैको सनाखत भने भइसकेको छैन ।

 

दुर्घटनामा  सख्त घाइते भएका एक जनालाई उद्धार पछि उपचारका लागि दाङ तुलसीपुर लैजाने तयारी गरिएको छ ।

 

जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए ।

 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता नाललले बताए ।

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

थप पढ्नुहोस्

पोखरा:   नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...

थप पढ्नुहोस्