चलचित्र“बाबरी” टीम पोखरामा

पोखरेली दर्शकको माया पाउनेमा आशावादी कलाकार

पाेखरा | असोज ११, २०७९

चलचित्र“बाबरी” टीम पोखरामा

 

पोखरा । चलचित्र “बाबरी” टीमले पोखरा आएर पत्रकारसँग भेटघाट गरेको छ । असोज १४ गते शुक्रबारबाट सार्वजनिक हुन लागेको चलचित्र “बाबरी” का कलाकार धिरज मगर, अदिती बुढाथोकी र धिरज नटकरले पोखरा आएर पत्रकारसँग भेटघाट गरेका हुन् । चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मलेनमा उनीहरुले पोखराबाट आफुले मुटुभरीको माया पाउनेमा विश्वस्त रहेको बताएका छन् ।

 

चलचित्रकी मुख्य पात्र अदिती बुढाथोकीले आफु बाबरीको प्रेमीकाको रुपमा प्रस्तुत भएको बताएकी छिन् । केटाहरुसँग नडराउने तर प्रेमील भूमिका उनको छ । आफ्नो दोस्रो चलचित्र भएको उल्लेख गर्दै अदितीले बाबरीबाट धेरै अपेक्षा राखेकी छिन् । “बाबरी मेरा लागि दोस्रो चलचित्र हो । यसबाट धेरै अपेक्षा गरेको छु । गीत र ट्रेलर दर्शकले जसरी मन पराउनुभएको छ । आशा छ, फिल्मलाई पनि मन पराउनुहुनेछ ।’, उनले भनिन् ।

 

उसो त अदिती भारत बस्दै आएकी छिन् । भारतीय केही म्युजिक भिडियोहरुमा समेत उनको अभिनयलाई देख्न सकिन्छ । अदितीलाई नेपाली चलचित्र उद्योगमा नै रम्न मन छ । अफर आएको खण्डमा भारतका चलचित्रमा समेत अभिनय गर्ने भनाई उनको छ । बाबरी एक प्रेमील कथा भएकाले र आफुलाई मन परेकाले अनुबन्धित भएको उनले बताइन् ।

 

यसअघि “इन्टुमिन्टु लण्डनमा” चलचित्रमा अभिनय गरेका धिरज मगर पनि बाबरीबाट आशावादी देखिन्छन् । आफ्नो पहिलो चलचित्रमा देखिएका कमीकमजोरीलाई बाबरीमा सुधार गरेको भनाई उनको छ । बाबरीमा उनी सानो काजीको रुपमा प्रस्तुत भएका छन् । ठकुरीको छोरा गाउँको गन्यमान्य क्यारेक्टर उनको छ । भन्छन्,“करिब तीन वर्ष पछि बाबरी मार्फत पर्दामा आएको छु । पहिलो चलचित्रमा मेरो अभिनयलाई जसरी दर्शकले मन पराउनुभएको थियो, बाबरीमा समेत मन पराउनुहुनेछ भन्नेमा पूर्ण आशावादी छु ।’, उनले भने । बाबरी समाजमा नै भइरहेको घटना परिघटनाको कथा भएको उनले बताए ।

 

बाबरी मार्फत डेब्यु गरेका कलाकार हुन् धिरज नटकर । लामो समय भारतमा बसेका धिरजलाई नेपाली भाषा बोल्न समस्या छ । तर पनि उनले कोसिस गरेका छन् । जसलाई बाबरीको ट्रेलरमा देख्न सकिन्छ । उनी आफै पनि नेपाली भाषा सिक्दै गरेको बताउँछन् । नटकर बाबरीबाट आशावादी छन् । भन्छन्, “चलचित्र बाबरी तपाई हाम्रै कथा हो । जसमा मेरो भूमिकालाई समेत दर्शकले हेर्न पाउनुहुनेछ । लवजमा केही समस्या अवश्य छ । जसलाई सुधार्दै लैजाने प्रयत्न रहनेछ । म मेरो आमाको प्रेरणाले नै यस क्षेत्रमा प्रवेश गरेको हुँ ।” बाबरीमा उनी प्रेमील भूमिकामा छन् । जसमा उनको टक्कर धिरज मगर सँग हुन्छ ।

 

पोखराको मार्केटिङ सम्हालेका बाबरी प्रोडक्सन टीमका सुरबीन वान्तवा राई बाबरी चलचित्र सफल हुनेमा विश्वस्त छन् । हर प्रेमी प्रेमीकाको कथा भएकाले पनि दर्शकले मायालु तवरले चलचित्रलाई हेर्ने भनाई उनको छ । उनले चलचित्र हङकङ, जापान,कोरिया,युके लगायतका देशहरुमा समेत प्रदर्शन हुने बताए ।

 

मोरङको लेताङ्ग, भारतको सिक्किम र काठमाडौंमा छायाँकन गरिएको बाबरीलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा धिरज मगर, अदिती बुढाथोकी, धिरज नटकरसँगै बादल भट्ट, कमलमनि नेपाल, उर्मिला बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा निर्माताहरु गणेश बुढाथोकी, पुष्पा लता बुढाथोकीको लगानी छ । काली प्रसाद बासकोटा, सुजन चापागाई, अनमोल गुरुङको संगीत रहेको बाबरीको शिर्ष गीतलाई दर्शकले अत्यन्तै रुचाएका छन् ।

पोखरा:  नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ ।  यही २७ र २८ पुसका लागि म...

थप पढ्नुहोस्

बागलुङ:  नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ ।  शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...

थप पढ्नुहोस्

गण्डकी:  कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

थप पढ्नुहोस्