२ लाखसहित प्रकाउ परेका ९ जुवाडेलाई ६ दिन म्याद थप
पाेखरा | असोज १०, २०७९
पोखरा । पोखराका बुद्ध चोकस्थित यु एण्ड मि रेष्टुरेन्टमा जुवा खेल्दै गर्दा प्रकाउ परेका ९ जनालाई ६ दिनको म्याप थप गरि अनुसन्धान अगाडी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको असुनर अन्र्तगत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धामा प्रकाउ परेका ९ जनालाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेको हो ।
पोखरा महानगरपालिका १० बुद्धचोकस्थित कुमार कार्कीले संचालन गरेको यु एण्ड मि रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरुलाई नगद २ लाख १५ हजार २ सय ५० , सिसीक्यामेराको हार्डडिक्स, मनिटर सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार प्रकाउ पर्नेहरुमा पोखरा बुद्धचोक बस्ने ४५ वर्षिय कुमार कार्की , पोखरा ११ बस्ने ४६ वर्षिय मिलेन्द्र कुमार रन्जित, गोरखाका ३३ वर्षिय सन्तोष पाण्डे, पोखरा छिनडाँडाका ४६ वर्षिय श्रीराम आले , पोखरा शान्तिमार्गका ४५ वर्षिय ओमबहादुर नेपाली, स्याङ्जा विरुवा गाउँपालिकाका ४९ वर्षिय खोमबहादर थापा, मकवानपुर हेटौडाका ५२ वर्षिय भरतप्रसाद न्यौपाने, नवलपरासी बर्दघाटका ४२ वर्षिय जितबहादुर सारु र पर्वत जलजलाका ३६वर्षिय शिव सुवेदीलाई नगद सहित प्रकाउ गरेको थियो ।
पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...

