गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसलमा ‘नबिल र लक्ष्मी’ च्याम्पियन
पाेखरा | असोज १०, २०७९
पोखरा: नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखराले आयोजना गरेको तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगितामा नबिल र लक्ष्मी बैंक च्याम्पियन भएको छ ।
पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा असोज ७ र ८ गते सम्पन्न फुटसल प्रतियोगितामा पुरुष तर्फ नबिल बैंक र महिलातर्फ लक्ष्मी बैंक विजयी बनेको हो ।
आयोजक संस्थाका सचिव जितेन्द्रराज शाक्यका अनुसार सिद्धार्थ बैंक र नबिल बैंकबीच भएको फाइनल खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा नबिल बैंक विजयी बन्यो भने महिला तर्फ लक्ष्मी बैंकले मेगा बैकलाई फाइनलमा १–० गोल अन्तरले पराजित गरेको थियो ।
उक्त प्रतियोगिताबाट महिला तथा पुरुष तर्फको विजयी टिमले च्याङ्ग्रा प्राप्त गरे भने उपविजेता टोलीले खशी हात पारेका थिए ।
सो प्रतियोगिताबाट सिद्धार्थ बैंकका अमित लम्साल सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरि नबिल बैंकका फडेन्द्र जङ गुरुङ उत्कृष्ट गोलरक्षक र अमित पौडेलले सर्वाधिक गोलकर्ताको उपाधि पाए ।
यसैगरि महिला समूहतर्फ लक्ष्मी बैंककी स्वेच्छा श्रेष्ठ सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत बनिन् ।
मेगा बैंककी तृष्णा प्रधान उत्कृष्ट गोलरक्षक र पोखरा फाईनान्सकी स्मृति आले मगरले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरिन् । सचिव शाक्यका अनुसार सो प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३८ समूह र महिला तर्फ ११ समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा डेपुटी गभर्नरको नेतृत्वमा नेपाल राष्ट्र बैंक र बैंकर्सबिच मैत्रिपूर्ण खेलसमेत आयोजना गरिएको थियो ।
समापन कार्यक्रममा गण्डकी प्रदेशखेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा रामशरण खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिना, केन्द्रीय सचिव कृष्ण प्रसाद खराल, सचिवालय सदस्य तुल्सीराम बाँनिया, केन्द्रीय सदस्य रमेस खतिवडा, नेपाल राष्ट्र बैंक पोखराका उप निर्देशक पुष्कर सुर्खाली, उप निर्देशक प्रतिभा अधिकारी, बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटिका संयोजक समिर केसी, डेपलपमेण्ट बैंकर्स एशोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर केसी लगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जितेन्द्रराज शाक्यले गरेका थिए ।
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
काठमाडौँ। मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ। शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेक...
पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्य...

