माछापुच्छ्रे काँग्रेसका उम्मेदवार धम्पुसमा, विकास र प्रवद्र्धनको वाचा

काठमाडाैं | बैशाख २५, २०७९

माछापुच्छ्रे काँग्रेसका उम्मेदवार धम्पुसमा, विकास र प्रवद्र्धनको वाचा

कास्कीः नेपाली काँग्रेसका तर्फबाट माछापुच्छ्रे गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु धम्पुसवासीको आँगनमा पुगेका छन् । पर्यटकिय गाउँ धम्पुस पुग्दा न्यानो आतिथ्यता पाएका उम्मेदवारहरु यहाँको थप विकास र प्रवद्र्धनकालागि प्रतिबद्धता पनि जनाए ।

 

गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले आम धम्पुसवासीको सल्लाह र माग अनुरुप कार्ययोजना अघि बढाइने बताए । पर्यटकिय गाउँ भइरहँदा पनि स्थानीय सरकारले उपेक्षा गरेको जनाउँदै उनले योजना सहित थप प्रवद्र्धन आवश्यक रहेको उल्लेख गरे ।

 

काँग्रेसका उम्मेदवारहरुलाई अत्यधिक मतसहित विजय गराउन आग्रह गर्दै उनले भने,‘प्रकृतिले नै सुन्दर बनाएको यो ठाउँ अझै प्रवद्र्धन हुन सकिरहेको छैन । यहाँको मौलिक संस्कृति, रहनसहन लयागत यहाँको मौलिकता नै बलियो पक्ष हो । हामी यहाँको मौलिकतालाई आत्मसात् गर्दै प्रकृतिक सौन्दर्यलाई ध्यानमा राख्दै यहाँकै स्थानीयहरुको सल्लाह बमोजिम कार्ययोजना तयार गर्ने छौँ ।’

 

मतकै लागि ठूला सपना देखाएर कालान्तरमा जनतालाई निरश गराउनु भन्दा नेतृत्वमा आएपछि आवश्यक कुराहरुलाई तत्काल अघि बढाइने उनले प्रतिबद्धता जनाए ।अध्यक्ष उम्मेदवार गुरुङले भने ‘भोट पाउन यहाँ जे पनि भन्दिन्छन् । म कुनै ठूलो कुरा गर्छु भन्दिनँ । यहाँहरुकै आवश्यकता अनुसार योजनाहरु तय गर्ने हो । बोल्नमा भन्दा बढी म काममा देखाउँछु ।’

 

गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले भूगोल अनुरुपको विकासमा जोड दिइन् । मौलिकतालाई प्राथमिकतामा राख्दै पर्यटन गन्त्ब्यको मुख्य आकर्षण केन्द्र बनाउँदै आर्थिक चलायमान हुने गरि योजना तय गरिने बताइन् ।

 

‘हचुवाको भरमा विकास हुने कुरा होइन । विशेषज्ञसहित यहाँको भूगोल अध्ययन गरेर विज्ञ र स्थानीयकै रोहवरमा योजनाहरु तय गर्ने छौँ । यस रमणिय ठाउँलाई मौलिकतासँगै व्यवसायिकतामा पनि अघि बढाउने कुरामा हामी प्रतिबद्ध छौँ’अधिकारीले भनिन् ।

 

माछापुच्छ्रे ७ धम्पुसमा काँग्रेसबाट वडाध्यक्षमा लोक बहादुर गुरुङ९लोके सर०, महिला वडा सदस्यमा विष्णु माया भण्डारी, दलित महिला सदस्यमा जुना विक र वडा सदस्यमा श्याम अधिकारी उम्मेदवार छन् ।

 

सो अवसरमा माछापुच्छ्रे काँग्रेसका कार्यकर्ता, पार्टी पदाधिकारी लगायत सयौँको संख्यामा शुभेच्छुकहरुको उपस्थिती थियो ।

पोखरा ।    दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ ।    आयोजक नेपाल खेलकुद पत्रका...

थप पढ्नुहोस्

पोखरा:   लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् ।   ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् ।    पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

थप पढ्नुहोस्